जोकोभिचको विजयी सुरुवात
सोमबार, असार १४, २०७८खेलपाटी संवाददाता

एजेन्सी । सर्बियन स्टार नोभाक जोकोभिचले विम्बल्डन टेनिसमा विजयी सुरुवात गरेका छन् ।
लण्डनमा सोमबार इंग्ल्यान्डका ज्याक ड्रापरलाई पराजित गर्दै जोकोभिचले सुखद सुरुवात गरेका हुन् ।
विश्व नम्बर एक समेत रहेका जोकोभिचले ज्याकलाई ४-६, ६-१,६-२ र ६-२ को सेटमा पराजित गरे ।
पाँच पटक च्याम्पियन जोकोभिचले पहिलो सेट गुमाएपनि पुनरागमन गर्दै जित निकालेका हुन् ।
३४ वर्षीय जोकोभिचले अब केभिन एण्डरसन र मार्सेलोबीचको विजेतासँग खेल्ने छन् ।
साविक विजेता समेत रहेका जोकोभिचले गत महिना फ्रेन्च ओपन जितेका थिए ।
१९ पटकको ग्राण्डस्लाम विजेता जोकोभिचले पछिल्लो पटक २०१९ मा विम्बल्डनको उपाधि जितेका थिए ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

