कोन्टाले विम्बल्डन गुमाउने
आइतबार, असार १३, २०७८खेलपाटी संवाददाता

एजेन्सी । बेलायती नम्बर एक खेलाडी जोहन्ना कोन्टाले विम्बल्डन टेनिस गुमाउने भएकी छन् ।
कोरोना भाईरस संक्रमितसँगको क्लोज कन्ट्याक्टमा परेपछि कोन्टाले प्रतियोगिता गुमाउने भएकी हुन् ।
विम्बल्डनले कोन्टाले प्रतियोगिता गुमाउने पुष्टि गरेको छ । विम्बल्डन सोमबारबाट सुरु हुँदैछ ।
२७ औं वरीयताकी कोन्टाले पहिलो खेलमा चेक रिपब्लिककी कट्रिना सिनिआकोभासँग खेल्ने तालिका रहेको थियो ।
तर, अब ३० वर्षीया कोन्टा १० दिनको सेल्फ आईसोलेसनमा बस्नु पर्ने भएको छ ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

