हालेपले विम्बल्डन टेनिस नखेल्ने
शनिबार, असार १२, २०७८खेलपाटी संवाददाता

एजेन्सी । रोमानियाकी खेलाडी सिमोना हालेपले विम्बल्डन टेनिस नखेल्ने भएकी छन् ।
चोटको कारण विश्व वरीयताको तेस्रो स्थानमा रहेकी हालेपले विम्बल्डन गुमाउने भएकी हुन् । यस वर्षको विम्बल्डन जुन २८ बाट सुरु हुनेछ ।
हालेप साविक विजेता समेत हुन् । २९ वर्षीय हालेपले २०१९ मा विम्बल्डन जितेकी थिइन् । गत वर्ष भने कोरोना महामारीको कारण प्रतियोगिता आयोजना भएन ।
'म निराश छु र यो निर्णय लिनु परेकोमा दुखी छु । यो अवधि मेरो लागि गाह्रो रहेको छ,' हालेपले भनेकी छिन् ।
हालेपले इटालियन ओपनको दौरान चोट बोकेकी थिइन् । हालेपले देब्रे खुट्टाको पिडुलाको चोट बोकेकी थिइन् ।
चोटकै कारण हालेपले फ्रेन्च ओपन गुमाएकी थिइन् । हालेपले एक पटक फ्रेन्च ओपन जितेकी छिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

