• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
खेलकुद मन्त्रीलाई खेलाडी संघको ध्यानाकर्षण
खेलपाटी संवाददाता
शुक्रबार, असार ४, २०७८ खेलपाटी संवाददाता
खेलकुद मन्त्रीलाई खेलाडी संघको ध्यानाकर्षण

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले नवनियुक्त युवा तथा खेलकुद मन्त्री  नव नियुक्त युवा तथा खेलकुद मन्त्री एकबाल मियाँलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा शुक्रबार मन्त्रालय पुगेर संघले मन्त्री मियाँलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ बमोजिम मन्त्रालयले तयार गरेको राष्ट्रिय खेलकुद विकास नियमावलीको प्रारम्भिक मस्यौदा कार्यान्वयमा रहेको नियमावली अनुसार खेलाडी कल्याणकारी कोष नियमावलीको स्थापना नभएकाले संघले ध्यानाकर्षण पत्र बुझाएको हो ।

यस्तै संघले मन्त्री मियाँलाई बधाई तथा शुभकामना समेत दिएको छ ।

ध्यानाकर्षण पत्र -

माननीय मन्त्री ज्यू,

युवा तथा खेलकुद मन्त्रालय

सिंहदवार, काठमाण्डौ ।

बिषयः– खेलाडी कल्याणकारी कोष सम्बन्धमा ।

उपरोक्त बिषयमा हाल जारी “राष्ट्रिय खेलकुद विकास ऐन, २०७७” को दफा ५४ बमोजिम युवा तथा खेलकुद मन्त्रालयबाट तयार भएको राष्ट्रिय खेलकुद विकास नियमावली, २०७७ को प्रारम्भिक मस्यौदामा हाल कार्यान्वयनमा रहेको राष्ट्रिय खेलाडी कल्याणकारी कोष नियमावली, २०६८ अनुसार कोषको स्थापना गरिएको नपाईएकोले उक्त नियमावलीमा देहाय बमोजिमको व्यवस्था हुनु पर्ने देखिएको हुँदा यस संघले माननीय मन्त्रीज्यूको ध्यानाकर्षण सहित यो सुझाव पेश गरेका छौंं ।

तपशिल

१. “राष्ट्रिय खेलाडी कल्याणकारी कोष” को स्थापना, उद्देश्य, प्रयोग र कोषको सञ्चालन देहाय बमोजिम रहेको व्यहोरा अनुरोध छ ः

क. खेलाडीहरुको हकहित र कल्याणको सुरक्षा गर्ने उद्देश्यले युवा तथा खेलकुद मन्त्रालयको मिति २०६८÷११÷२३ को मा.मन्त्रीस्तरीय निर्णयबाट स्वीकृती भई राष्ट्रिय खेलकुद परिषद्ले रु. १ करोड बराबरको खेलाडी कल्याणकारी कोष स्थापना गरी “राष्ट्रिय खेलाडी कल्याणकारी कोष नियमावली, २०६८” कार्यान्वयनमा रहेको छ भने उक्त नियमावलीको नियम ४ मा व्यवस्था भए बमोजिम कोषको मूल उद्देश्य देहाय बमोजिम रहेको छ ः

(क) खेलाडिहरुको खेल प्रतिको निरन्तरतालाई सुनिश्चित गर्ने,

(ख) समग्र खेल जीवनसंग सम्बन्धित खेलाडीहरुको हकहित संरक्षण गर्ने,

(ग) खेलाडीहरुको खेल प्रतिको भावनालाई जागरुक बनाउने, उत्साहित तुल्याउने, राष्ट्रप्रति खेलाडिहरुको समर्पण जगाउने ।

(घ) खेलाडीहरुको कल्याणको लागि सहयोग प्रदान गर्ने ।

ख. त्यसैगरी उक्त राष्ट्रिय खेलाडी कल्याणकारी कोष नियमावली, २०६८ को नियम ५ मा भएको व्यवस्था बमोजिम कोषको प्रयोग देहाय अनुसार रहेको छ ः

(क) खेल क्षेत्रमा समर्पित खेलाडीहरुलाई खेल जीवनमा आईपर्ने भौत्तिक तथा आर्थिक समस्यामा राहत पु¥याउने,

(ख) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय किर्तिमान कायम गरेका खेलाडीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्ने,

(ग) शारीरिक रुपमा अंगभंग हुन पुगेका खेलाडीहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने तथा मृत्यु भएका खेलाडीहरुको परिवारलाई सहयोग गर्ने ।

ग. त्यसैगरी निमावलीको परिच्छेद–३ को नियम ६ बमोजिम कोषको सम्पूर्ण काम कारवाहीको संचालन र रेखदेख गर्न देहाय अनुसारको सञ्चालक समितिको गठन भएको ः

(क) परिषद्का सदस्य सचिव –अध्यक्ष

(ख) युवा तथा खेलकुद मन्त्रालयको प्रतिनिधि –सदस्य

(ग) अर्थ मन्त्रालयको प्रतिनिधि –सदस्य

(घ) परिषद् खेलकुद स्वास्थ्य तथा अनुसन्धान केन्द्र प्रमुख –सदस्य

(ङ) परिषद् आर्थिक प्रशासन प्रमुख –सदस्य

(च) सहयोग गर्नुपर्ने खेलाडीसंग सम्बन्धित खेल संघको अधिकृत पदाधिकारी –सदस्य

(छ) नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको अध्यक्ष –सदस्य–सचिव

२ राष्ट्रिय खेलकुद विकास नियमावली, २०७७ को प्रारम्भिक मस्यौदामा देहाय बमोजिमको व्यवस्था हुनु पर्ने र उक्त व्यवस्था नरहे÷नराखिएमा “राष्ट्रिय खेलाडी कल्याणकारी कोष” उद्देश्य बमोजिम सञ्चालन हुन नसक्ने समेतको सुझाव पेश गर्दछौं ः

क. राष्ट्रिय खेलकुद विकास नियमावली, २०७७ मा

(१) परिच्छेद–१ को नियम २ परिभाषाको देहायको (ग) को सट्टा देहायको व्यवस्था हुनु पर्ने ः

(ग) “कोष” भन्नाले नियम २७ बमोजिमको “राष्ट्रिय खेलाडी कल्याणकारी कोष” सम्झनु पर्छ ।

(२) परिच्छेद–६ को मुल नियम २७ को सट्टा देहायको व्यवस्था हुनु पर्ने ः

२७. “राष्ट्रिय खेलाडी कल्याणकारी कोष ः (१) ऐनको दफा ५० बमोजिमको राष्ट्रिय खेलाडी कल्याणकारी कोषमा देहायका रकमहरु रहनेछन्” भन्ने व्यवस्था हुनु पर्ने र यस उपनियममा रहेको देहायको खण्डहरु सोही बमोजिम हुनु पर्ने ।

(३) नियम २७ को उपनियम (५) सट्टा देहायको उपनियम (५) राखिनु पर्ने ः

(५) कोषको खाता सञ्चालक समितिको अध्यक्ष वा निजले तोकेको संचालक समितिको सदस्य र समितिको सदस्य–सचिवको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ ।

(४) नियम २८ को उपनियम (२) को सट्टा देहायको उपनियम (२) राखिन पर्ने ः

(२) उपनियम (१) बमोजिमको कार्यमा प्रदान गरिने रकमको निर्धारण गर्ने अधिकार ऐनको दफा १४ बमोजिमको कार्यकारी समिति वा समितिले तोकेको कोष संचालक समितिलाई रहनेछ ।

३. युवा तथा खेलकुद मन्त्रालयको च.नं. १२३५ मिति २०६८÷११÷२६ को पत्रसाथ संलग्न राष्ट्रिय खेलाडी कल्याणकारी कोष नियमावली २०६८ को प्रतिलिपि संलग्न गरिएको छ ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP