एजेन्सी । अष्ट्रेलियाले वेस्ट इन्डिज र बंगलादेश भ्रमणका लागि टिमको घोषणा गरेको छ ।
क्रिकेट अष्ट्रेलियाले बुधबार वेस्ट इन्डिज र बंगलादेशसँगको सिरिजका लागि १८ सदस्सीय टिमको घोषणा गरेको हो ।
अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा टिमको घोषणा गरेको हो । यस्तै दुई खेलाडी वैकल्पिकमा राखिएको छ ।
अष्ट्रेलियाले घोषणा गरेको टिममा ग्लेन म्याक्स्वेल, स्टिभ स्मिथ, डेभिड वार्नर, पाट कुमिन्स, मार्कुस स्टोनिस, डानिल साम, केन रिचार्डसन, जे रिचार्डसन टिममा परेका छैनन् ।
चोटका कारण स्मिथलाई विश्राम दिईएको बताईएको छ । अन्य खेलाडी भने उनीहरुको अनुरोधको कारण भ्रमण गर्ने टिममा नराखिएको बताईएको छ ।
अष्ट्रेलियाले वेस्ट इन्डिजसँग पाँच टी-ट्वान्टी र तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
यस्तै अष्ट्रेलियाले बंगलादेशसँग पाँच खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
