• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
छनोट विवादमा छलफल गर्न तीन उपाध्यक्षको माग
खेलपाटी संवाददाता
मंगलबार, असार १, २०७८ खेलपाटी संवाददाता
छनोट विवादमा छलफल गर्न तीन उपाध्यक्षको माग

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का तीन उपाध्यक्षले यू–१३ छनोट विवादमा छलफल गर्न माग गरेका छन् ।

एन्फा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्षद्धय बीर बहादुर खड्का र कृष्ण थापाले युथ एकेडेमीका लागि खेलाडी छनोटको विषयमा बाहिरिएको विवादको विषयमा छलफल गर्न बैठकको माग गरेका छन् ।

एन्फा उपाध्यक्ष वीर बहादुर खड्काले एन्फालाई पत्र पठाएको केही दिन बितिसक्दा समेत कुनै जानकारी नआएको जानकारी दिएका छन् ।

‘पछिल्लो समय मिडियामा आएको विषयमा सत्यतथ्य के हो ? त्यसको विषयमा छलफल हुनु पर्यो भनेर हामीले एन्फाई पत्र पठाएका थियौ । तर, ४–५ दिन बितिसक्दा समेत अहिलेसम्म कुनै जानकारी आएको छैन् ।’ खड्काले भने, ‘हामीले बैठक बोलाएर आवश्यक परेको खण्डमा छानविन समिति गठन गर्नु पर्यो भन्ने हो । एन्फाभित्रको विषय बाहिरिएपछि त्यसको सत्यतथ्य पनि बाहिर ल्याउन आवश्यक छ ।’

उनले विवादीत बनेको यू–१३ छनोटको विषय कुनै एक व्यक्तिको मात्र नभई समग्र नेपाली फुटबलको रहेको बताए । छनोट विवादले सिंगो फुटबल संघको बदनाम हुन सक्ने उनको भनाई छ ।

‘जुन विषय बाहिरिएको छ, त्यो एक व्यक्तिको मात्रै हैन, पुरै संघको हो । यसको विषयमा छलफल हुनै पर्छ । एन्फाले तत्काल बैठक राख्नै पर्छ ।’ उनले भने ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले उपाध्यक्षको मागको विषयमा बैठकका लागि अध्यक्ष कर्मा छिरिङ शेर्पासँग छलफल भइरहेको जानकारी दिए ।

उनले यस विषयमा प्राविधिक कमिटिसँग पनि छलफल गर्नु पर्ने भएकाले समय लाग्न सक्ने बताए ।

‘हामी बैठकका लागि छलफल गर्दैछौ । अहिले कोरोना महामारी पनि छ । यो महामारी समयपछि बन्दाबन्दी खुलेपछि हामी विवादित विषयका लागि सबैलाई बैठकमा बोलाउने छौ ।’ महासचिव तुलाधरले भने ।

उपाध्यक्ष खड्काले बैठकका लागि बन्दाबन्दीनै खुल्नु पर्ने आवश्यकता नरहेको धारणा राखे । उनले भर्चुअल माध्यमबाट पनि बैठक बोलाउन सकिने जानकारी दिए ।

खड्काले एन्फा अध्यक्ष बन्दाबन्दीकै बीचमा उपत्यका बाहिर जान सक्ने, बैठक किन बोलाउन नसकिने भन्दै प्रश्न गरे ।

‘यसबीचमा एन्फा अध्यक्ष दुई पटक टोलीसहित पोखरा पुग्नु भयो । हेटौडा, विराटगनर पुग्न सकिने, उपत्यका बाहिर दैडिदा कोरोना नहुने ? बैठक बोलाउनका लागि बन्दाबन्दीको कारण हुने ?’ उनले भने, ‘यो एन्फाको छबीको विषय हो । यसलाई पनि प्राथमिकता दिन पर्दैन ?’

यसअघि एन्फाले गरेको यू–१३ खेलाडी छनोटमा संयोजकको हस्ताक्षरबिना खेलाडीको सुचि तयार पारिएको भन्दै विवादित बनेको थियो । छनोट समितिका संयोजक कृष्ण थापाले आफ्नो जानकारी विनै एन्फाले मनमानी तवरमा यू–१३ खेलाडीको सुचि तयार पार्दै सार्वजनिक गरेको आरोप लगाएका थिए ।

छनोट समितिमा सहभागी एक प्रशिक्षकले भने उपाध्यक्ष थापाले आफ्ना भान्जालाई निशुल्क छात्रवृत्तिमा राख्न निरन्तर दबाब दिएको खुलासा गरेका थिए । आफ्ना भतिज निशुल्क छात्रवृत्तिमा नपरेपछि उपाध्यक्ष थापाले हस्ताक्षरको विषयलाई उचालेर खेलाडी छनोटलाई विवादीत बनाएका थिए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
अझै ला लिगा उपाधिको आशमा रियल
अझै ला लिगा उपाधिको आशमा रियल
रोयल्स र गोल्डेनगेटको जित
रोयल्स र गोल्डेनगेटको जित
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP