एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले वेल्स र स्विजरल्याण्डबीच प्रतिस्पर्धा भईरहेको छ ।
अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा जारी खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफको खेल सकिदा वेल्स र स्विजरल्याण्डले गोलरहित बराबरी खेलेका छन् ।
दुबै टोलीले पाएको मौकामा गोल गर्न नसक्दा पहिलो हाफमा बराबरी खेलेका हुन् ।

समूह 'ए' मा रहेका दुबै टिम आज जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । यस समूहको इटालीले विजयी सुरुवात गरिसकेको छ । उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० ले हराएको थियो ।
वेल्स र स्विजरल्याण्डबीच अहिलेसम्म ७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्विजरल्याण्ड बलियो देखिएको छ ।
स्विजरल्याण्डले पाँच खेलको जितेको छ भने वेल्सले २ खेल मात्र जितेको छ ।

