• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
वेल्सविरुद्ध स्विजरल्याण्ड : प्लेयर्स टु वाच
खेलपाटी संवाददाता
शनिबार, जेठ २९, २०७८ खेलपाटी संवाददाता
वेल्सविरुद्ध स्विजरल्याण्ड : प्लेयर्स टु वाच

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शनिबार) हुने पहिलो खेलमा वेल्स र स्विजरल्याण्ड प्रतिस्पर्धा गर्दैछन् ।

अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा प्रतिस्पर्धा गर्दै वेल्स र स्विजरल्याण्डले युरोकपको सुरुवात गर्ने छन् । दुई टिमबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

समूह 'ए’ मा रहेका दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुनेछ । यस समूहबाट इटालीले विजयी सुरुवात गरिसकेको छ । उद्घाटन खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो ।

वेल्स र स्विजरल्याण्डबीच अहिलेसम्म ७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्विजरल्याण्ड बलियो देखिएको छ । स्विजरल्याण्डले पाँच खेलको जितेको छ भने वेल्सले २ खेल मात्र जितेको छ ।

यी दुई राष्ट्रबीचको खेलमा मुख्य केन्द्रविन्दुमा रहने छन्, स्विजरल्याण्डका सेरडान शाकिरी र वेल्सका ह्यारी विल्सन ।  दुबै खेलाडी आफ्नो राष्ट्रको लागि महत्वपूर्ण खेलाडी हुन् । आजको खेलमा दुबै खेलाडीको प्रदर्शनले ठुलो अर्थ राख्ने छ ।

प्लेयर्स टु वाच :

सेरडान शाकिरी (स्विजरल्याण्ड) :  

शाकिरीको व्यक्तित्व स्विजरल्याण्डसँगै इंग्लिस क्लब लिभरपुरसँग जोडिन्छ । २९ वर्षीय मिडफिल्डर तथा विंगर वेल्सविरुद्ध प्रभाव जमाउन सक्छन् । शाकिरीसँग स्विजरल्याण्डको उमेर समूह यू-१७, १८, १९, २१ सहित राष्ट्रिय टोलीबाट खेलेका अनुभव छ ।

सन् २०१० बाट राष्ट्रिय टोलीको नियमित सदस्य रहेका उनले ९१ खेल खेल्दै २३ गोल गरेका छन् । व्यवसायिक  फुटबलका लागि उनी लिभरपुरमा रहेका छन् । यस अघि उनले स्टोक सिटीसँगै इन्टर मिलन,  बायर्न म्युनिखसँग खेलेको अनुभव छ ।

शाकिरीका लागि सन् २०१६ को युरोकप सम्झन लायक रहनेछ । पोल्याण्डविरुद्ध बक्स नजिकबाट ओभर हेड किक गोल गर्न सफल भएका थिए । द्रूत गति, प्राविधिक र शारीरिक रुपमा बलिया शाकिरी राइट विंगबाट खेल्न मन पाउँछन् । बायाँ खुट्टाले जादु देखाउने शाकिरीलाई अल्पाइन मेसीको ब्राण्डले चिनिन्छ ।

ह्यारी विल्सन (वेल्स)

विंगर ह्यारी विल्सन वेल्सका युवा खेलाडी हुन् । २४ वर्षीय ह्यारी व्यवसायिक फुटबलका लागि इंग्लिस क्लब लिभरपुलमा आबद्द छन् । तर, उनी लोनमा कार्डिफ सिटीबाट खेलिरहेका छन् ।

ह्यारी  फ्रिकिक बल सहजै फेममा पार्न सक्ने खेलाडी हुन् । उनीसँग दाया बायाँ दुबै फ्लागबाट खेल्ने सक्ने क्षमता रहेको छ ।

ह्यारीले वेल्सबाट २६ खेल खेल्दै ५ गोल गरिसकेका छन् । स्विजरल्याण्डविरुद्ध ह्यारी वेल्सका मुख्य खेलाडी बन्न सक्छन् । ह्यारीसँग वेल्सको यू-१७, १९ र २१ टोलीबाट खेलेको अनुभव रहेको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सीलाई ट्रेबल उपाधि
चेल्सीलाई ट्रेबल उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
मध्यपुर रेलिगेसनबाट जोगियो
मध्यपुर रेलिगेसनबाट जोगियो
अञ्जिला र साम्बा बन्द प्रशिक्षणमा सहभागी नहुने
अञ्जिला र साम्बा बन्द प्रशिक्षणमा सहभागी नहुने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
चेल्सीलाई ट्रेबल उपाधि
चेल्सीलाई ट्रेबल उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
भारतले रक्षा गर्‍यो साफ यु–१९ च्याम्पियनसिपको उपाधि
रोयल्सको दोस्रो जित
रोयल्सको दोस्रो जित
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
चार क्लब रेलिगेसनबाट जोगिए, चार क्लबलाई अझै डर
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP