एजेन्सी । बेल्जियमका मिडफिल्डर केभिन डी ब्रुएनले युरोकप फुटबलको पहिलो खेल गुमाउने भएका छन् ।
च्याम्पियन्स लिगको फाइनल खेल दौरान बोकेको चोटको कारण ब्रुएनले रुसविरुद्धको पहिलो खेल गुमाउने भएका हुन् ।
युरोकपको पहिलो खेलमा बेल्जियमले आज राति रुससँग प्रतिस्पर्धा गर्नेछ ।
सेन्ट पिटर्सवर्ग स्टेडियममा हुने खेल राति १२:४५ बजे सुरु हुनेछ ।
पोर्टोमा भएको च्याम्पियन्स लिगको फाइनलमा चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगरसँग जुद्धा ब्रुएनले चोट बोकेका थिए ।
जुन खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई १-० ले हराएर च्याम्पियन्स लिग जितेको थियो ।
उनको नाक र आँखाको तल्लो भागमा चोट लागेको छ ।
ब्रुएनले डेनमार्कसँग जुन १७ र फिनल्याण्डसँग जुन २१ मा हुने खेल भने खेल्ने बताईएको छ ।
ब्रुएनले बेल्जियमका लागि ८० खेल खेलिसकेका छन् ।