शिशिर भण्डारी ।
काठमाडौं । सन् १९६० मा फ्रान्सको आयोजना भएको पहिलो संस्करणमा युगोस्लाभियालाई २–१ ले पराजित गर्दै सोभियत युनियनले उपाधि जितेको थियो ।
पछिल्लो पटकको युरो सन् २०१६ मा फ्रान्समा नै आयोजना भएको थियो । आयोजक फ्रान्सलाई कप्तान क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले १–० गोलको अन्तरले उपाधि रक्षा गरेको थियो ।
लामो इतिहास बोकेको युरोकपले १५ संस्करण पूरा गरिसकेको छ । आजबाट सुरु हुने युरोकप १६ औं संस्करणको हुनेछ । गत वर्ष नै आयोजना हुनु पर्ने युरोकप कोरोना भाईरसको महामारीको कारण एक वर्ष ढिला आयोजना हुन् लागेको हो ।
यस पटकको युरोकप युरोपका विभिन्न देशका ११ शहरमा आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
यूईएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्दैछ । इटालीको रोममा आज हुने उद्घाटन खेलमा टर्की र इटाली भिड्ने छन् ।
प्रतियोगिताको फाइनल खेल जुलाई ११ मा लण्डनको वेम्बलीमा हुनेछ । यस संस्करणको युरोकप फुटबलमा २४ टिमको सहभागिता रहेको छ ।

युरोको इतिहास खोतल्दा सर्वाधिक धेरै स्पेनले ३ पटक उपाधि जितेको छ । पश्चिम जर्मनीसहित जर्मनीले समेत ३ उपाधि जितेको छ ।
फ्रान्सले दुई पटक उपाधि जित्दा इटाली, सोभियत संघ, चेक रिपब्लिक, डेनमार्क, ग्रीस, नेदरल्याण्ड्स र पोर्चुगलले १/१ पटक उपाधि जितेका छन्।
प्राय सधै उपाधि दाबेदार मानिने इंग्ल्यान्डले भने उपाधि जित्न सकेको छैन । फिफाको विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले पनि उपाधि जित्न सकेको छैन ।
युरोकपको इतिहास कस्तो ?
फ्रान्सबाट सुरु भएको युरोकपको दोस्रो संस्करण स्पेनमा आयोजना भएको थियो । जसमा टिम बढाएर २९ पुर्याएको थियो । उक्त प्रतिस्पर्धाको फाइनलमा आयोजक स्पेनले पूर्व विजेता सोभियत युनियनलाई २-१ ले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको थियो ।
तेस्रो संस्करणको युरोको उपाधि इटालीले जितेको थियो । सन् १९७२ मा आयोजनाको जिम्मा बेल्जियमले पायो । यसै प्रतियोगिताबाट जर्मन एक पावरहाउस टिमको रुपमा विश्व सामू चिनियो । जसले युरो मात्र जितेन, त्यसको दुई वर्ष पछि आयोजना भएको विश्वकपको समेत उपाधि जित्यो ।
सन् १९७६ मा भएको फाइनल खेलमा खेल बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ आयोजक युगोस्लाभियाले वेस्ट जर्मनलाई ५-३ ले पराजित गरेको थियो ।

चार चार वर्षमा आयोजना हुँदै आएको युरोको १९९० को संस्करणमा मात्र ८ टोलीले सहभागिता जनाएका थिए । जसमा सहभागि टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूहको विजेताले फाइनलमा स्थान बनाउने थिए भने दोस्रो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नु पर्ने नियम थियो । यस संस्करणमा वेस्ट जर्मनले बेल्जियमलाई पराजित गर्दै दोस्रो पटक युरोको उपाधि जितेको थियो । त्यसपछिका तीन संस्करण पनि यहिँ फर्म्याटमा आयोजना भएका थिए । जसमा फ्रान्स, नेदरल्यान्ड्स र डेनमार्कले जितेको थियो ।
१९९६ मा आयोजना भएको युरोमा फेरी १६ राष्ट्रले सहभागिता जनाए । वेस्ट जर्मनबाट जर्मनमा रुपान्तरीत जर्मनले यस पटकको युरो उपाधि जितेको थियो । २००० को युरो पहिलो पटक दुई राष्ट्र (नेदरल्यान्ड्स र बेल्जियम) मा आयोजना भयो । १९९८ को विश्वकप विजेता टोली फ्रान्स नै यस युरोको च्याम्पियन बनेको थियो ।
इटालीसँग १–० ले पछि परेको अवस्थामा फ्रान्सले गोल गर्दै ९० मिनेटको समयमा खेल बराबरीमा ल्याएको थियो । त्यसपछि अतिरिक्त समयमा थप एक गोल गर्दै फ्रान्सले युरोको उपाधि जितेको थियो ।
सन् २००४ को युरो आयोजना गरेको पोर्चुगल पहिलो पटक फाइनमा पुगेको थियो । तर, पोर्चुगलले उपाधि जित्न सकेन् । फाइनल खेलमा ग्रिसले पोर्चुगललाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो ।

२००८ को युरोमा स्पेनले जर्मनलाई पराजित गर्दै उपाधि जित्यो । यहि प्रतियोगिताबाट पावरहाउसको रुपमा अगाडी बढेको स्पेनले त्यसको दुई वर्ष पछि आयोजना भएको विश्वकप र २०१२ मा पोल्याण्ड र युक्रेनमा आयोजना भएको युरोको उपाधि जित्दै आफ्नो स्वर्णिम युगको सुरुवात गरेको थियो । २०१२ को युरोकपमा स्पेनले इटालीलाई ४–० को फराकिलो हार चखाएको थियो ।
पहिलो पटक २४ राष्ट्र सहभागिता रहेको युरो २०१६ को आयोजना फ्रान्सले गरेको थियो । यस पटकको युरोको फाइनलमा आयोजक फ्रान्स र पोर्चुगलबीच भएको थियो । जहा पोर्चुगलले फ्रान्सलाई १-० लेपराजित गर्दै उपाधि जित्यो ।

-एजेन्सीको सहयोग