• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अष्ट्रेलियाविरुद्ध नेपालको विगत
खेलपाटी संवाददाता
शुक्रबार, जेठ २८, २०७८ खेलपाटी संवाददाता
अष्ट्रेलियाविरुद्ध नेपालको विगत

काठमाडौं । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज (शुक्रबार) अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय मैदानमा नेपाल र अष्ट्रेलिया दोस्रो पटक आमने सामने हुनेछ ।

शारीरिक तथा प्राविधिक रुपमा बलियो अष्ट्रेलिया नेपालविरुद्ध सहज जित निकाल्दै तालिकाको शीर्ष स्थानमा रहदै विश्वकप छनोटको तेस्रो चरण नजिक पुग्न चाहन्छ । एसिया कपको पूर्व विजेता समेत रहेको अष्ट्रेलिया समूह 'बी' बाट छनोट नजिक रहेको छ ।

यता, नेपाल भने अष्ट्रेलियाविरुद्ध जित भन्दा पनि सुधारिएको प्रदर्शन गर्न चाहन्छ । युवा खेलाडीको बाहल्यता रहेको नेपाली टिमलाई प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले फरक रणनीतिमा मैदान उतार्ने छन् ।

नेपाल र अष्ट्रेलिया यस अघि एक पटक खेलेका थिए । पहिलो भेटमा नेपाललाई पूर्ण रुपमा दबाबमा राखेको अष्ट्रेलियाले सहज जित हासिल गरेको थियो ।

अष्ट्रेलियाले पनि कमजोर मानिएको नेपालविरुद्ध युवा खेलाडी उतार्ने योजना बनाएको छ । यसअघि समेत अष्ट्रेलियाले युवा खेलाडीलाई अवसर दिएको थियो । अष्ट्रेलियाले चाईनिज ताईपेविरुद्ध समेत दुबै लेगमा युवा खेलाडीलाई अवसर दिएको थियो ।

नेपाल र अष्ट्रेलियाबीच  विश्वकप छनोट अन्तर्गत नै २०१९ अक्टोबर १० मा प्रतिस्पर्धा भएको थियो । अष्ट्रेलियाको क्यानबेरास्थित जीआईओ मैदानमा भएको पहिलो लेगको भेटमा नेपाल घरेलु टिमसँग ५–० ले पराजित भएको थियो । पहिलो हाफमा ३–० ले पछि परेको नेपाल दोस्रो हाफमा थप दुई गोल खान पुगेको थियो ।

अष्ट्रेलियाका जेमी म्याक्लारेनले ह्याट्रिक गरेका थिए । यस्तै युवा डिफेण्डर ह्यारी साउटरले डेब्यु खेलमै दुई गोल गरेका थिए ।

क्यानबेरामा नेपाली टिमले स्विडिस प्रशिक्षक योहान कालिनको नेतृत्वमा खेलेको थियो । यस पटक भने नेपाली टिम कुवेती नागरिक अब्दुल्लाह अलमुताईरीले हेरिरहेका छन् । त्यसबीचमा भने नेपाली टिम बालगोपाल महर्जनले हेरेका थिए ।

प्रशिक्षक कालिनबाट अब्दुल्लाहसम्म आईपुग्दा नेपाली टिममा समेत धेरै परिवर्तन भएको छ । अनुभवी तथा सिनियर खेलाडीलाई प्रशिक्षक अब्दुल्लाहले परिवर्तन गरेका छन् । उनले विगतको लागि भन्दै युवा खेलाडीलाई यस पटक अवसर दिएका हुन् ।

औषत २३ दशमलब ४७ उमेरका खेलाडीमा कप्तान किरणसहित रोहित, नवयुग श्रेष्ठ र विशाल राईमात्रै  बढी उमेरका खेलाडी हुन् ।

पहिलो लेगमा नेपालको रक्षापंक्तिमा दिनेश राजवंशी, अनन्त तामाङ, रञ्जित धिमाल र देवेन्द्र तामाङ रहेका थिए । यतिबेला रक्षापंक्तिमा रहेका रोहित चन्दले अष्ट्रेलियासँगको पहिलो लेगमा मिडफिल्डको भूमिका निभाएका थिए । त्यस्तै मिडफिल्डमा रोहित चन्दसँगै विशाल राई, अन्जन बिष्ट, सुजल श्रेष्ठ र रवि शंकर पासवानले पनि सुरुवात गरेका थिए । स्ट्राइकरको भूमिकामा भने अभिषेक रिजाल रहेका थिए । दोस्रो हाफमा सन्तोष तामाङ, तेज तामाङ र विमल घर्तीमगर मैदान छिरेका थिए ।

अष्ट्रेलियाविरुद्धको पहिलो लेग खेल्ने टोलीमा रहेका १२ जना खेलाडी यस पटकको टोलीमा छैनन् ।

त्यतिबेला टोलीमा रहेका देवेन्द्र तामाङ, रञ्जित धिमाल, सुजल श्रेष्ठ, रवि शंकर पासवान, विमल घर्तीमगर (हाल चोटका कारण कतारमा उपचाररत), सरोज दाहाल, विक्रम लामा, विशाल श्रेष्ठ (गोलरक्षक), हेमन गुरुङ (हाल अष्टे«लिया) , विकेश कुथु (गोलरक्षक), तेज तामाङ र अजित भण्डारी टोलीमा छैनन् ।

देवेन्द्र, रञ्जित, सुजल, विमल, विक्रम र तेज चोटग्रस्त छन् भने हेमन देश बाहिर छन् । अन्यले भने टोलीमा आफ्नो स्थान बनाउने मौका पाएनन् । पहिलो लेगमा सुरुवाती–११ मा रहेका ४ खेलाडी यतिबेला टोलीमा छैनन् । सुजल, देवेन्द्र, रञ्जित र रवि शंकरले अष्ट्रेलियाविरुद्धको पहिलो लेगमा सुरुवाती–११ मा रहेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
बलियो स्थितिमा बंगलादेश
बलियो स्थितिमा बंगलादेश
मच्छिन्द्रले शीर्ष स्थानमा अंक दूरी बढाउने मौका गुमायो
मच्छिन्द्रले शीर्ष स्थानमा अंक दूरी बढाउने मौका गुमायो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
प्रीतिले जोर्डनको क्लबबाट खेल्ने
विश्वकप खेल्न नेपाली टोली शनिबार भारत जाने
विश्वकप खेल्न नेपाली टोली शनिबार भारत जाने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP