• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अष्ट्रेलियाविरुद्ध नेपाली टिममा कस्तो परिवर्तन ?
खेलपाटी संवाददाता
शुक्रबार, जेठ २८, २०७८ खेलपाटी संवाददाता
अष्ट्रेलियाविरुद्ध नेपाली टिममा कस्तो परिवर्तन ?

काठमाडौं । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज (शुक्रबार) अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाल र अष्ट्रेलिया दोस्रो पटक आमने सामने हुनेछ । अष्ट्रेलिया र नेपालबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

यस अघि नेपाल र अष्ट्रेलियाबीच  विश्वकप छनोट अन्तर्गत नै २०१९ अक्टोबर १० मा प्रतिस्पर्धा गरेका थिए । अष्ट्रेलियाको क्यानबेरास्थित जीआईओ स्टेडियममा भएको पहिलो लेगको भेटमा नेपाल घरेलु टिमसँग ५-० ले पराजित भएको थियो ।

पहिलो हाफमा ३–० ले पछि परेको नेपाल दोस्रो हाफमा थप दुई गोल खान पुगेको थियो । अष्ट्रेलियाका जेमी म्याक्लारेनले ह्याट्रिक गरेका थिए । यस्तै ह्यारी साउट्टरले एक गोल गर्दा एक गोल आत्मघाती पाएको थियो । नेपालका दिनेश राजवंशीले आत्मघाती गोल गरेका थिए ।

समूह चरणको दोस्रो लेगका लागि यतिबेला नेपाल र अष्ट्रेलिया कुवेतमा रहेका छन् । घरेलु मैदानमा खेल्नु पर्ने दोस्रो लेग कोरोना महामारी कारण नेपालले न्युट्रल भेन्युमा खेलिरहेको हो ।

पहिलो लेगमा नेपालको रक्षापंक्तिमा दिनेश राजवंशी, अनन्त तामाङ, रञ्जित धिमाल र देवेन्द्र तामाङ रहेका थिए । यतिबेला रक्षापंक्तिमा रहेका रोहित चन्दले अष्ट्रेलियासँगको पहिलो लेगमा मिडफिल्डको भूमिका निभाएका थिए ।

त्यस्तै मिडफिल्डमा रोहित चन्दसँगै विशाल राई, अन्जन बिष्ट, सुजल श्रेष्ठ र रवि शंकर पासवानले पनि सुरुवात गरेका थिए । स्ट्राइकरको भूमिकामा भने अभिषेक रिजाल रहेका थिए । दोस्रो हाफमा सन्तोष तामाङ, तेज तामाङ र विमल घर्तीमगर मैदान छिरेका थिए ।

अष्ट्रेलियाविरुद्धको पहिलो लेग खेल्ने टोलीमा रहेका १२ जना खेलाडी यस पटकको टोलीमा छैनन् । त्यतिबेला टोलीमा रहेका देवेन्द्र तामाङ, रञ्जित धिमाल, सुजल श्रेष्ठ, रवि शंकर पासवान, विमल घर्तीमगर, सरोज दाहाल, विक्रम लामा, विशाल श्रेष्ठ (गोलरक्षक), हेमन गुरुङ, विकेश कुथु (गोलरक्षक), तेज तामाङ र अजित भण्डारी टोलीमा छैनन् ।

देवेन्द्र, रञ्जित, सुजल, विमल, विक्रम र तेज चोटग्रस्त छन् भने हेमन देश बाहिर छन् । अन्यले भने टोलीमा आफ्नो स्थान बनाउने मौका पाएनन् ।

पहिलो लेगमा सुरुवाती-११ मा रहेका ४ खेलाडी यतिबेला टोलीमा छैनन् । सुजल, देवेन्द्र, रञ्जित र रवि शंकरले अष्ट्रेलियाविरुद्धको पहिलो लेगमा सुरुवाती-११ मा रहेका थिए ।

अष्ट्रेलियाविरुद्ध पहिलो लेगमा रहेका खेलाडी

किरण चेम्जोङ,  दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल, विमल घर्तिमगर, अन्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, रविशंकर पासवान, देवेन्द्र तामाङ, रोहित चन्द, विकेश कुथु, अजित भण्डारी, सरोज दाहाल, अभिषेक रिजाल, सुनिल बल, हेमन गुरुङ, विशाल राई, विक्रम लामा, तेज तामाङ, नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, रन्जित धिमाल रहेका थिए ।

अहिलेको टोली

गोलरक्षक : किरण चेम्जोङ (कप्तान), दीप कार्की, विशाल सुनार

डिफेन्डर : अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा

दोस्रो लेगमा परिवर्तन भएका नयाँ १२ खेलाडी

दीप कार्की (गोलरक्षक), विशाल सुनार (गोलरक्षक), गौतम श्रेष्ठ, विकास खवास, एरिक विष्ट, मनिष डाँगी, कमल थापा, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान, आशिष लामा, सुमन लामा अष्ट्रेलियासँगको पहिलो लेगमा थिएनन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुरान कप खेल्न आर्मी भारत प्रस्थान
डुरान कप खेल्न आर्मी भारत प्रस्थान
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
डुरान कप खेल्न आर्मी भारत प्रस्थान
डुरान कप खेल्न आर्मी भारत प्रस्थान
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP