जोकोभिच सेमिफाइनलमा
बिहिबार, जेठ २७, २०७८खेलपाटी संवाददाता

एजेन्सी । सर्बियन स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पेरिसमा बुधबार राति भएको खेलमा इटालीका माटियो बेरेट्टीनीलाई हराउँदै जोकोभिच अन्तिम चारमा पुगेका हुन् ।
शीर्ष वरीयताका जोकोभिचले नवौं वरियताका बेरेट्टीनीलाई ६-३,६-२, ६-७(५-७) र ७-५ ले हराए ।
एक पटकको च्याम्पियन जोकोभिचले सेमिफाइनलमा स्पेनिस राफायल नाडालसँग खेल्ने छन् ।
१३ पटकको च्याम्पियन नाडालले अर्जेन्टिनाका डिएगो स्वार्ट्जम्यानलाई हराएर अन्तिम चारमा स्थान पक्का गरिसकेका छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


