एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अमेरिकाले कोस्टारिकालाई पराजित गरेको छ ।
बुधबार राति भएको खेलमा अमेरिकाले कोस्टारिकालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
अमेरिकालाई जित दिलाउन ब्रेण्डन आरोनसन, ड्यार्ल डीके, रेगी क्यानन र जियोभानी रेनाले एक एके गोल गरे ।
खेलको आठौं मिनेटमा ब्रेण्डनले गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ४२ औं मिनेटमा डीकेले गोल गर्दा अमेरिकाको अग्रता २-० को बन्यो ।
५२ औं मिनेटमा क्याननले गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।
क्यानन र डीकेको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।
त्यसपछि खेलको ७७ औं मिनेटमा जियोभानीले गोल गर्दै अमेरिकालाई ४-० को जित दिलाए ।