एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले बुल्गेरियालाई पराजित गरेको छ ।
मंगलबार राति भएको मैत्रीपूर्णमा फ्रान्सले बुल्गेरियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
फ्रान्सको जितमा ओलिभर जिरौडले दुई गोल गरे । एन्टोनियो ग्रीजम्यानले एक गोल गरे ।
खेलको २९ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

८३ औं मिनेटमा जिरौडले गोल गर्दै फ्रान्सको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ९० औं मिनेटमा जिरौडले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३-० को जित दिलाए ।
युरोकप फुटबलको तयारीको लागि फ्रान्सले मैत्रीपूर्ण खेल खेलेको हो ।
युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।
