एजेन्सी । फिफा विश्वकप छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार भएको खेलमा अर्जेन्टिना कोलम्बियासँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
कोलम्बियाविरुद्ध सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले अंक बाडेको हो ।
खेलको तेस्रो मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
खेलको आठौं मिनेटमा लिन्ड्रो डानिल पारेडेसले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए ।

तर, खेलेको ५१ मिनेटमा लुइस मुरीएलले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा मिगुएल बोर्जाले गोल गर्दै कोलम्बियालाई २-२ गोलको बराबरीमा फर्काए ।
यस बराबरीसँगै अर्जेन्टिनाले ६ खेलमा १२ अंक जोडेको छ ।
अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा रहेको छ ।
कोलम्बिया ६ खेलमा ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
अर्को खेलमा उरुग्वेले भेनेजुएलासँग गोलरहित बराबरी खेलेको छ ।
त्यस्तै पेरुले इक्वेडरलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
