एजेन्सी । प्रिमियर लिग क्लब चेल्सीले युवा फरवार्ड इर्लिङ हालाण्ड किन्न छलफल अघि बढाएको छ ।
प्रशिक्षक थोमस टुचेलले यस समर ट्रान्सफरमा स्टार फरवार्ड किन्ने बताईसकेका छन् । सोही अनुसार चेल्सीले १ सय ७० मिलियन मुल्यका हालाण्ड किन्न छलफल अघि बढाएको हो ।
नर्वेजियन फरवार्डले क्लबमा प्रतिसाता ३ लाख पाउण्डको तलब माग गर्न सक्ने बताईएको छ । लण्डन क्लब चेल्सी टामी अब्राहमलाई डर्टमण्डसंगको छलफलमा अघि सार्ने तयारी गरेको छ ।
जर्मन क्लब बोरुसिया डर्टमण्डले आफ्ना सेन्टर फरवार्डलाई बेच्ने कुनै ईच्छा देखाएको छैन । तर महत्वकाक्षी फरवार्ड हालाण्डले नयाँ गन्तव्यका लागि छलफल अघि बढाउन तयार छन् ।

युरोपियन च्याम्पियन प्रशिक्षक टुचेल हालाण्डसंग छलफल गर्न अघि सरेका छन् । तर हालाण्डलाई किन्न चेल्सीले झण्डै १ सय ७० मिलियन पाउण्ड रकम खर्च गर्नुपर्ने हुन्छ ।
चेल्सीले हालाण्डलाई किन्न ४० मिलियन पाउण्डका टामी अब्राहमलाई प्रस्ताव गर्न सक्छ । अब्राहमलाई चेल्सीले आन्तरिक रुपमा बेच्ने सुचिमा राखेको छ ।
टुचेलले मारिना ग्रानोव्सकिया र चेल्सीका मालिक रोमन अब्रामोविचसंग म्यान्चेष्टर सिटीलाई चुनौती दिन र चेल्सीलाई अघि बढाउन सेन्टर फरवार्डको माग गरेका छन् ।
चेल्सीले नयाँ फरवार्डका लागि तयारी गरिरहेको छ । तर हालाण्डको प्रोफाईल र उमेरले लण्डन क्लबलाई आकर्षित गरेको छ ।
ह्यारी केनलाई प्रतिद्धन्दी क्लब टोटेनहमबाट किन्न चेल्सीलाई गाह्रो छ । अर्का फरवार्ड रोमेलु लुकाकुले गत साता आफु ईन्टर मिलानमै रहने बताईसकेका छन् ।

हालाण्डलाई पछिल्लो समय युरोपका अधिकांश क्लबले चाहेका छन् । डर्टमण्डले २० वर्षिया आफ्ना स्टार अर्को सिजन क्लबमै रहने बताएको छ । तर चेल्सी क्लब टिममा देखिएको अभाव पुर्ति गर्न हालाण्डलाई पहिलो विकल्पमा राखेको छ । हालाण्डले पछिल्लो सिजन क्लबका लागि ४० गोल गरेका थिए ।
डर्टमण्ड क्लबले चेल्सीका अब्राहमको बिषयमा कुनै ईच्छा देखाएको छैन । तर पछिल्लो खेलाडी सरुवा बजारलाई ध्यानमा राख्दै डर्टमण्डले हालाण्डको विल्कप खोज्न सुरु गरिसकेको बताईएको छ ।
चेल्सीका प्रशिक्षक टुचेल समरमा नयाँ फरवार्डलाई समावेश गर्दै टिमलाई पुनसंरचना गर्न चाहेका छन् । सेन्टर फरवार्डको तुलनामा चेल्सीसंग डिफेन्स र मिडफिल्डमा धेरै विल्कप छ । चेल्सीले करिब १४ खेलाडीलाई नयाँ सिजन लोन वा स्थायी रुपमा बेच्न सक्नेछ ।