एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर इल्के गुण्डोगानले च्याम्पियन्स लिगको बोनस बापतको रकम आफ्नो बाल्यकालको क्लबलाई सहयोग गरेका छन् ।
गुण्डोगानले जर्मनीमा रहेको बाल्यकालको क्लब हेसलर ०६ लाई आर्थिक सहयोग गरेका हुन् ।
जर्मन मिडफिल्डरले क्लबलाई ३ लाख युरो सहयोग गरेका हुन् । उक्त रकम च्याम्पियन्स लिगको फाइनल पुग्दा सिटीबाट आएको बोनस हो ।
च्याम्पियन्स लिगको फाइनलमा सिटी चेल्सीसँग १-० ले पराजित भएको थियो ।
क्लबले निर्माण गर्न लागेको कृतिम मैदानमा लागि गुण्डोगानले सहयोग गरेका हुन् ।
'गुण्डोगान बिना यो परियोजना सुरु गर्न हामी सक्षम भएका थिएनौं,' क्लबका अध्यक्ष रेनर कोनिएत्स्काले भनेका छन् ।
गुण्डोगान यतिबेला युरोकपको तयारीमा जर्मन टिमसँग रहेका छन् ।