एजेन्सी । समर्थकले इंग्ल्यान्डको वेल्बलीमा हुने युरोकप फुटबलको खेलहरु रंगशालामै बसेर हेर्न पाउने भएका छन् ।
यूईएफएले मंगलबार खोप पासपोर्ट भएका समर्थकले वेम्बलीमा हुने खेलहरु रंगशालामा बसेर हेर्न पाउने जनाएको छ ।
तर, खोप पासपोर्ट भएका ११ वर्ष माथिका समर्थकलाई मात्र रंगशाला प्रवेशको अनुमति रहेको छ ।
यस्तै दुबै डोज खोप लगाएको र खेल भन्दा १४ दिन अघि लगाएको हुनु पर्नेछ ।
कोरोना महामारीको कारण एक वर्ष पछि हुन लागेको युरो जुन ११ बाट जुलाई ११ सम्म आयोजना हुँदैछ ।
वेम्बलीमा समूह डी को खेलहरु हुनेछ । इंग्ल्यान्डले जुन १३ मा क्रोएसियासँग खेल्नेछ ।
वेम्बलीमा युरोको फाइनल खेल समेत हुनेछ ।