एजेन्सी । नेदरल्यान्ड्सका मिडफिल्डर डोनी भान डी विकले युरोकप फुटबल गुमाउने भएका छन् ।
म्यानचेस्टर युनाईटेडका मिडफिल्डर भान डी विकले चोटको कारण युरोकप गुमाउने भएका हुन् ।
नेदरल्यान्ड्सले युरोकपका लागि घोषणा गरेको टिममा उनी परेका थिए ।
'डोनी भान डी विकले युरोपियन च्याम्पियनसिप गुमाउने छन्,' डच फुटबल संघले भनेको छ, 'म्यानचेस्टर युनाईटेडका मिडफिल्डर चोटको कारण संघर्ष गरिरहेका छन् ।'
नेदरल्यान्ड्स एफएले उनको स्थानमा अन्य खेलाडी टिममा नबोलाउने जनाएको छ ।

२४ वर्षीय मिडफिल्डरले नेदरल्यान्ड्सको लागि १९ खेल खेलिसकेका छन् ।
युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।
यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।
युरोमा नेदरल्यान्ड्स समूह 'सी' मा रहेको छ ।
नेदरल्यान्ड्सको समूहमा अष्ट्रिया,युक्रेन र नर्थ म्यासेडोनिया रहेका छन् ।
नेदरल्यान्ड्सले युक्रेनसँग जुन १३ मा खेल्दै युरोको सुरुवात गर्नेछ ।