एजेन्सी । फिफा विश्वकप तथा एसियन छनोट अन्तर्गत दोस्रो चरणको खेलमा भारतले पहिलो जित निकालेको छ ।
सोमबार भएको खेलमा बंगलादेशलाई २-० गोल अन्तरले पराजित गर्दै भारतले पहिलो जित निकालेको हो ।
भारतको जितमा कप्तान सुनिल क्षेत्रीले दुई गोल गरे ।
खेलको ७९ औं मिनेटमा सुनिलले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई २-० को जित दिलाए ।
यस जितसँगै भारत समूहको तेस्रो स्थानमा उक्लिएको छ ।
समूह ई मा रहेको भारतले ७ खेलमा ६ अंक जोडेको छ ।
बंगलादेशले ७ खेलमा २ अंक जोडेको छ ।
बंगलादेश पुछारमा रहेको छ ।