काठमाडौं । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ । खेल राति ९:४५ बजे सुरु हुनेछ ।
जोर्डनसँगको खेलका लागि नेपालले सुरुवाती-११ को घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टोलीलाई ४-३-३ को रणनीतिमा मैदान उतारेका छन् ।
नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने छन् ।
नेपालले जोर्डनविरुद्ध तीन खेलाडी परिवर्तन गरेको छ ।
चाइनिज ताईपेविरुद्ध सुरुवाती-११ मा रहेका रहेका आशिष लामा, सुनिल बल र गौतम श्रेष्ठ बेन्चमा रहेका छन् ।
फरवार्ड अभिषेक रिजाल, डिफेन्डर दिनेश राजवंशी र विकास खवास सुरुवाती-११ मा परेका छन् ।
नेपाली टिम -
गोलकिपर- किरण चेम्जोङ
डिफेन्डर - रोहित चन्द, अनन्त तामाङ, बिकाश खवास, दिनेश राजवंशी
मिडफिल्डर - पुजन उपरकोटी, सन्तोष तामाङ, सुमन अर्याल
फरवार्ड - अन्जन विष्ट, सुमन लामा, अभिषेक रिजाल
