एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डच मिडफिल्डर जर्जिनियो विनाल्डम अनुबन्ध गर्ने भएको छ ।
बीबीसीले पीएसजी विनाल्डम अनुबन्धको नजिक पुगेको जनाएको छ ।
लिभरपुलका मिडफिल्डर विनाल्डमलाई फ्री ट्रान्सफरमा पीएसजीले अनुबन्ध गर्न लागेको बीबीसीले जनाएको छ ।
विनाल्डमले सिजनको अन्त्य भएपनि लिभरपुलसँगको सम्झौता नवीकरण गरेका छैनन् ।
यस सिजनको अन्त्यसँगै विनाल्डमको सम्झौता सकिएको छ ।
पीएसजीले राम्रो अफर गरेको कारण विनाल्डम पीएसजी जाने बताईएको छ ।
३० वर्षीय मिडफिल्डर यति बेला युरोकपका लागि डच टिमसँग रहेका छन् ।
विनाल्डमले लिभरपुलका लागि २ सय ३७ खेल खेलेका छन् ।
उनले लिभरपुलबाट च्याम्पियन्स लिग र प्रिमियर लिग जितिसकेका छन् ।