काठमाडौं । विश्वकप छनोटमा नेपाल र जोर्डन चौथो पटक आमने सामने हुँदैछन् ।
सन् २०११ मा भएको पहिलो भेटमा नेपाल ९–० गोल अन्तरले पराजित भएको थियो । दोस्रो लेगमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै दशरथ रंगशालामा १–१ को बराबरी खेलेको थियो । त्यसपछि सन् २०१९ मा नेपालले विश्वकप र एसियन कपको संयुक्त छनोटमा जोर्डनसँग भेट गरेको थियो ।
जोर्डनको घरेलु मैदानमा भएको छनोटको पहिलो लेगमा नेपाल ३–० ले पराजित भएको थियो । स्विडिस प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा रहेको नेपाली टाली पराजित हुँदै घर फर्किएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा रोक्न सफल नेपालले दोस्रो हाफमा गोल ब्यहोर्न पुग्यो ।
खेलको ५६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अघि बढेको जोर्डनले ७८ औं मिनेटमा नेपालविरुद्ध दोस्रो गोल गरेको थियो । त्यसको १० मिनेट नबित्दै तेस्रो गोल गरेपछि जोर्डनले नेपालमाथि ३–० को सहज जित निकालेको थियो ।
जोर्डनका लागि शाल्बाया, एर्सन र फेइसलले एक एक गोल गरेका थिए ।

त्यतिबेला नेपालको रक्षापंतीमा दिनेश राजवंशी, अनन्त तामाङ, सुमन अर्याल र देबेन्द्र तामाङ रहेका थिए । रन्जित धिमाल टोलीमा रहे पनि मैदान उत्रिने अवसर पाएका थिएनन् । अर्का भरपर्दा डिफेन्डर रोहित चन्दले मिडफिल्डको रुपमा खेलेका थिए ।
त्यस्तै, मिडफिल्डमा अन्जन बिष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ र रविशंकर पासवानले सुरुवाती रोजाईको रुपमा मैदान प्रवेश गरेका थिए । स्ट्राइकरको भुमिकामा भने बिलम घर्तिमगर थिए । दोस्रो हाफमा सुनिल बल, तेज तामाङ र अभिषेक रिजाल मैदान छिरेका थिए । पहिलो लेग खेल्ने टोलीमा रहेका १२ जना खेलाडी वर्तमान टोलीमा छैनन् ।
त्यतिबेला टोलीमा रहेका देवेन्द्र तामाङ, रञ्जित धिमाल, सुजल श्रेष्ठ, रविशंकर पासवान, विमल घर्तीमगर, सरोज दाहाल, विक्रम लामा, विशाल श्रेष्ठ (गोलरक्षक), हेमन गुरुङ, विकेश कुथु (गोलरक्षक), तेज तामाङ र अजित भण्डारीलाई प्रशिक्षक अलमुताईरीले टोलीमा समावेश गरेका छैनन् ।
देवेन्द्र, रञ्जित, सुजल, विमल, विक्रम र तेज चोट बोकेका छन् । हेमन देश बाहिर छन् । अन्यले भने टोलीमा आफ्नो स्थान बनाउने मौका पाएनन् ।
पहिलो लेगमा सुरुवाती ११ मा रहेका ४ खेलाडी यतिबेला टोली छैनन् । विमल, सुजल, देवेन्द्र र रविशंकले जेर्डनविरुद्धको पहिलो लेगमा सुरुवाती ११ मा रहेका थिए ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले जोर्डनविरुद्ध खेलेको नेपाली टिममा १२ नयाँ अनुहारलाई समावेश गर्दै कुवेत भ्रमणमा निस्किएका हुन् ।
जोर्डनविरुद्ध पहिलो लेगमा रहेका खेलाडी
किरण चेम्जोङ, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल, विमल घर्तिमगर, अन्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, रविशंकर पासवान, देवेन्द्र तामाङ, रोहित चन्द, विकेश कुथु, अजित भण्डारी, सरोज दाहाल, अभिषेक रिजाल, सुनिल बल, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, रन्जित धिमाल रहेका थिए । विशाल राई टोली रहेपनि जोर्डनविरुद्धको खेलमा उनी नन प्लेइङमा थिए ।
अहिलेको टोली
गोलरक्षक : किरण चेम्जोङ (कप्तान), दीप कार्की, विशाल सुनार
डिफेन्डर : अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास
मिडफिल्डर : एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा
दोस्रो लेगका नयाँ १२ खेलाडी
दीप कार्की (गोलरक्षक), विशाल सुनार (गोलरक्षक), गौतम श्रेष्ठ, विकास खवास, एरिक विष्ट, मनिष डाँगी, कमल थापा, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान, आशिष लामा, सुमन लामा जोर्डनसँगको पहिलो लेगमा थिएनन् ।