एजेन्सी । इंग्ल्यान्डले डिफेन्डर बेन व्हाइटलाई युरोकप खेल्ने टिममा समावेश गरेको छ ।
इंग्ल्यान्डले डिफेन्डर ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको स्थान बेनलाई टिममा बोलाएको हो ।
थाइ चोटका कारण राइट ब्याक आर्नोल्डले युरोकप गुमाउने भएपछि बेनले मौका पाएका हुन् ।
ब्राइटनका सेन्टर डिफेन्डर बेन अन्तिम ३३ टिमबाट बाहिरिएका थिए ।
गत बुधबार राति अष्ट्रियासँगको मैत्रीपूर्ण खेलमा आर्नोल्डले चोट बोकेका थिए ।
लिभरपुलका डिफेन्डर समेत रहेका आर्नोल्ड करिब ६ हप्ता मैदान बाहिर रहने छन् ।
युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।
युरोकपमा इंग्ल्यान्ड समूह 'डी' मा रहेको छ ।
यस समूहमा इंग्ल्यान्डसँगै क्रोएसिया, स्कटल्याण्ड र चेक रिपब्लिक रहेका छन् ।