बेल्जियमले क्रोएसियालाई हरायो
सोमबार, २४ जेठ २०७८खेलपाटी संवाददाता

एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बेल्जियमले क्रोएसियालाई हराएको छ ।
आइतबार राति भएको खेलमा बेल्जियमले क्रोएसियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बेल्जियमको जितमा रोमेलु लुकाकुले निर्णायक गोल गरे ।
खेलको ३८ औं मिनेटमा लुकाकुले निर्णायक गोल गरेका हुन् ।
इन्टर मिलानका फरवार्ड लुकाकुको यो ६० औं अन्तराष्ट्रिय गोल हो ।
युरोकप फुटबलको तयारीका लागि बेल्जियम र क्रोएसियाले मैत्रीपूर्ण खेल खेलेका हुन् ।
जुन ११ बाट सुरु हुने युरोमा बेल्जियम समूह 'बी' मा रहेको छ ।
यस्तै क्रोएसिया समूह 'डी' मा रहेको छ ।
मैत्रीपूर्ण खेलमै ग्रीसले नर्वेलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
डेनमार्कले बोस्निया र हर्जगोभिनालाई २-० ले हराएको छ ।










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


