एजेन्सी । स्पेनका कप्तान सर्जियो बुस्केट्सलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
युरोकप नजिकिदै गर्दा कप्तान बुस्केट्सलाई कोरोना पोजेटिभ देखिएको हो ।
युरोकप अबको ७ दिनपछि सुरु हुनेछ ।
कोरोना देखिएपछि बुस्केट्सले लिथुनियाविरुद्धको मैत्रीपूर्ण खेल समेत गुमाउने भएका छन् ।
स्पेनले मंगलबार लिथुनियासँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
कोरोना देखिएपछि ३२ वर्षीय मिडफिल्डर सेल्फ आईसोलेसनमा बसेका छन् ।
युरोकपमा स्पेन समूह 'ई' मा रहेको छ । स्पेनले स्विडेनसँग जुन १४ मा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।