एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्सले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा नेदरल्यान्ड्सले जर्जियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपे,वाउट वेहर्स्ट र रायन ग्राभेनबर्चले एक एक गोल गरे ।
खेलको दशौँ मिनेटमा मेम्फिसले पेनाल्टीमा गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।
५५ औं मिनेटमा वेहर्स्टले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ७६ औं मिनेटमा रायनले गोल गर्दै नेदरल्यान्ड्सलाई ३-० को जित दिलाए ।
युरोकप फुटबलको तयारीको लागि नेदरल्यान्ड्सले जर्जियासँग मैत्रीपूर्ण खेल खेलेको हो ।
युरोकप जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ ।
युरोकपमा नेदरल्यान्ड्स समूह सी मा रहेको छ ।