एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा इंग्ल्यान्डले रोमानियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदान रिभरसाइड स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन कप्तान मार्कस राषफोर्डले निर्णायक गोल गरे ।
राषफोर्डले खेलको ६८ औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । रोमानियाका कापुसाले पेनाल्टी क्षेत्रभित्र ज्याक ग्रिलिसलाई फउल गरेपछि इंग्ल्यान्डले पेनाल्टीको मौका पाएको थियो ।

यस्तै खेलको ७८ औं मिनेटमा जोर्डन हेण्डरसनले भने पेनाल्टीमा गोल गर्न सकेनन् ।
भ्लाडले इंग्ल्यान्डका डोमिनिक लेविनलाई फउल गरेपछि पाएको पेनाल्टीमा हेण्डरसनले गोल गर्न नसकेका हुन् । उनको प्रहार रोमानियाका गोलकिपर फ्लोरिन निटाले बचाएका थिए ।
युरोकप फुटबलको तयारीको लागि इंग्ल्यान्डले रोमानियासँग मैत्रीपूर्ण खेल खेलेको हो ।
युरोकप जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ ।
युरोकपमा इंग्ल्यान्ड समूह डी मा रहेको छ । यस समूहमा क्रोएसिया,स्कटल्याण्ड र चेक रिपब्लिक रहेका छन् ।
