सेरेना फ्रेन्च ओपनबाट बाहिर
आइतबार, जेठ २३, २०७८खेलपाटी संवाददाता

एजेन्सी । पूर्व विश्व नम्बर एक तथा अमेरिकी खेलाडी सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको चौंथो चरणबाट बाहिरिएकी छिन् ।
पेरिसमा आइतबार राति भएको खेलमा काजकिस्तानकी एलिना रेबिकासँग पराजित हुँदै सेरेना बाहिरिएकी हुन् ।
२३ पटकको ग्राण्डस्लाम विजेता सेरेना एलिनासँग ३-६ र ७-५ ले पराजित भईन् ।
पुरुषतर्फ रुसका डेनील मेदभेदेबले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
दोस्रो वरीयताका डेनीलले क्रिस्टियन गारिनलाई ६-२,६-१ र ७-५ ले पराजित गरे ।
ग्रीसका स्टेफानोस टित्सीपास पनि क्वाटरफाइनलमा पुगेका छन् ।
पाँचौ वरीयताका उनले स्पेनका पाब्लो बुस्टालाई ६-३,६-२ र ७-५ ले हराए ।






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


