शुक्रबार, कार्तिक २२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

नयाँ खेलकुद मन्त्रीलाई बोर्ड सदस्यको स्वागत

आइतबार, जेठ २३, २०७८खेलपाटी संवाददाता
नयाँ खेलकुद मन्त्रीलाई बोर्ड सदस्यको स्वागत
Classic Tech Internet Ad

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री एकवाल मियाँलाई राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्यले आईतबार बधाई तथा शुभकामना दिएका छन् ।

राखेपका निमित्त सदस्य सचिव पुरेन्द्र बिक्रम लाखे नेतृत्वको टोलीले मियाँलाई भेट गरि सफल कार्यकालको बधाई तथा शुभकामना दिएको हो ।

कार्यक्रममा मन्त्रालयका सचिव केदार न्यौपाने समेत उपस्थित थिए ।

राखेपका बोर्ड सदस्यहरुले नयाँ आर्थिक वर्षको बजेट निर्माणमा आफुलाई थाहा नभएको, राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसारको नियमावली रोकिएको र राखेपको बोर्ड बैठक अहिलेसम्म बस्न नसकेको भन्दै नयाँ मन्त्री समक्ष गुनासो गरेका थिए ।

उनले मन्त्रालयका कामबारे मन्त्रीलाई ब्रिफिङ गर्दै खेलहरुको प्राथामिकता निर्धारण, राष्ट्रिय संघको सवलिकरण र पदक सम्भावना भएका खेलको तयारीका विषयमा विशेष गृहकार्य गर्न आवश्यक रहेको बताएका थिए । मन्त्रालयका सचिव न्यौपानेले कर्मचारी नियमावलीको प्रस्ताव राखेपबाट नआउँदा कर्मचारी समायोजनको प्रक्रिया रोकिएको बताए । उनले नियमावली प्रस्ताव गर्न राखेपले ढिलाई गरेको भन्दै मन्त्री समक्ष गुनासो पोखेका थिए ।

बोर्ड सदस्य रिम रानाभाटले नियमावली बनाएको लामो समय बितिसक्दा समेत कार्यान्वयनमा नआएको भन्दै गुनासो पोखेका थिए । उनले नियमावलीको फाईल थन्किएको भन्दै कर्मचारी समयोजन लगायतका काम अघि बढ्न नसकेको उल्लेख गरे ।

अर्का बोर्ड सदस्य गोबिन्द भट्टराईले महत्वपुर्ण घडीमा नयाँ खेलकुद मन्त्रीको आगमन भएको उल्लेख गर्दै नवौं राष्ट्रिय खेलकुद र आसन्न साग खेलकुदको तयारीमा जुट्नुपर्ने बताएका थिए । उनले नियमावली पारित नहुँदा कर्मचारी समायोजन र राखेपको स्रोत साधन बाँडफाँटको काम अघि बढ्न नसकेको उल्लेख गर्दै नयाँ खेलकुद मन्त्रीबाट नेतृत्वदायी भुमिकाको अपेक्षा गरेका थिए ।

निमित्त सदस्य सचिव पुरेन्द्र लाखे सहित सम्पुर्ण राखेप बोर्ड सदस्यले नव नियुक्त खेलकुद मन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

नवनियुक्त खेलकुद मन्त्री मियाँले रोकिएका काम तत्काल अघि बढाउन आफु सकारात्मक रहेको बताए । उनले आफुले अध्ययन गरेर सबैको सल्लाहमै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले राखेपको सम्पुर्ण टिम मिलेर अघि बढ्नु पर्ने उल्लेख गर्दै रोकिएका कामलाई यथास्रिघ अघि बढाउने बताएका थिए ।

लाखे नेतृत्वका टोलीमा राखेप कार्यकारी समिति सदस्य नन्दा बस्याल, बोर्ड सदस्यहरु सुभास श्रेष्ठ, चन्द्रबदना राई, सुवर्णा श्रेष्ठ, गोबिन्द भट्टराई, रेणुका श्रेष्ठ, रिम रानाभाट उपस्थित थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

‘फिफा द बेस्ट’मा अटाएनन् मेसी र रोनाल्डो

‘फिफा द बेस्ट’मा अटाएनन् मेसी र रोनाल्डो

‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’

‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’

एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे

एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे

पुलिस झापा महिला गोल्डकपको उपाधिनजिक

पुलिस झापा महिला गोल्डकपको उपाधिनजिक

एरोनको गोलमा विजय अपराजित

एरोनको गोलमा विजय अपराजित

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

देउरालीको पहिलो जितमा मिलनको २ गोल

देउरालीको पहिलो जितमा मिलनको २ गोल