फेडेरर चौंथो चरणमा
आइतबार, २३ जेठ २०७८खेलपाटी संवाददाता

एजेन्सी । स्विस खेलाडी रोजर फेडेरर फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् ।
पूर्व विश्व नम्बर एक फेडेररले शनिबार राति जर्मनीका डोमिनिक कोएफरलाई पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेका हुन् ।
२० पटकको ग्राण्डस्लाम विजेता फेडेररले डोमिनिकमाथि ७-६(७-५),६-७(३-७),७-६(७-४) र ७-५ को सेटमा जित निकाले ।
डोमिनिकमाथि जित निकाल्न फेडेररले ३ घण्टा ३५ मिनेटको समय खर्चिए ।
अब आठौं वरीयताका फेडेररले इटालीका माटियो बेराट्टीनीसँग खेल्ने छन् ।
नवौं वरीयताका माटियोले दक्षिण कोरियाका सुन वुलाई ७-६(८-६) , ६-३ र ६-४ ले पराजित गरे ।











-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


