एजेन्सी । मैत्रीपूर्ण खेलमा स्विडेनले अर्मेनियालाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा स्विडेनले अर्मेनियालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
स्विडेनलाई जित दिलाउन इमिल फोर्सवर्ग, मार्कुस डानिलसन र मार्कुस बेर्जल एक एक गोल गरे ।
अर्मेनियाका भाहान बिचाकछ्यानले एक गोल फर्काए ।
खेलको १६ मिनेटमा इमिलले गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए ।
३४ औं मिनेटमा मार्कुसले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।
खेलको ३८ औं मिनेटमा सेबास्टियन लार्सेनले पेनाल्टीमा गोल गर्न सकेनन् ।
६४ औं मिनेटमा अर्मेनियाका भाहानले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
तर, खेलको ८५ औं मिनेटमा मार्कुसले गोल गर्दै स्विडेनलाई ३-१ को जित दिलाए ।
युरोकप फुटबलको तयारीको लागि स्विडेनमे अर्मेनियासँग मैत्रीपूर्ण खेल खेलेको हो ।
स्विडेनले जुन १४ मा स्पेनसँग खेल्दै युरोकपको सुरुवात गर्नेछ ।