एजेन्सी । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले प्रिमियर लिगको 'म्यानेजर अफ दि सिजन' अवार्ड जितेका छन् ।
प्रिमियर लिगले शनिबार ग्वार्डीओलालाई २०२०/२१ को सिजन उत्कृष्ट प्रशिक्षक घोषणा गरेको हो ।
स्पेनिस प्रशिक्षक ग्वार्डीओलाले सिटीलाई यस सिजनको प्रिमियर लिगको उपाधि दिलाएका थिए ।
ग्वार्डीओलाले ओले गुनार सोल्सायर, डेभिड मोयस, मार्सेलो बिल्सा र ब्रेण्डन रोजर्सलाई पछि पार्दै अवार्ड जितेका हुन् ।
यस्तै सिटीका डिफेन्डर रुबेन डियासले ‘प्रिमियर लिग प्लेयर अफ दि सिजन’ अवार्ड जितेका छन् ।
सिटीकै फिल फोडेनले 'प्रिमियर लिग योङ प्लेयर अफ दि सिजन' अवार्ड जितेका छन् ।
टोटेनहमका एरिक लामेलाले 'गोल अफ दि सिजन' अवार्ड जितेका छन् । आर्सनलविरुद्धको उनको गोल उत्कृष्ट ठहरिएको हो ।