एजेन्सी । बोका जुनियर्सका भेट्रान फरवार्ड कार्लोस टेभेजले क्लब छाडेका छन् ।
३७ वर्षीय फरवार्डले शुक्रबार क्लब छाडेको घोषणा गरेका छन् ।
तर, टेभेजले सन्यास भने तत्काल नलिने बताएका छन् ।
अर्जेन्टिनाका टेभेजले केहि समयको विश्रामपछि आफु फुटबलमा फर्कने समेत बताएका छन् ।
' यो विदाई होइन । चाँडै नै भेट हुनेछ', उनले पत्रकार सम्मेलनमा भने, 'बोकालाई दिनुपर्ने मसँग अरू केहि छैन । मानसिक रूपमा म तयार छैन ।'
टेभेज सन् २०१५ मा इटालियन क्लब युभेन्ट्सबाट बोका जुनियर्स फर्किएका थिए ।
बोका जुनियर्सबाट फुटबल करियर अघि बढाएका टेभेजले एक सिजन क्लब बसेर चिनियाँ क्लब संघाई गएका थिए ।
उनी फेरि २०१८ मा बोका जुनियर्स फर्किएका थिए ।
टेभेजले इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड, म्यानचेस्टर सिटी र वेस्ट ह्यामबाट समेत खेलेका थिए ।