एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् ।
शुक्रबार राति भएको मैत्रीपूर्णमा स्पेन र पोर्चुगलले गोलरहित बराबरी खेलेका हुन् ।
मड्रिडमा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई गोलमा परिणत गर्न सकेनन् ।
युरोकप विजेता पोर्चुगलविरुद्ध स्पेनले गोलको धेरै गोलको अवसर सिर्जना गरेको थियो ।
अल्भारो मोरोटाको प्रहार पोस्ट बारमा लागेर फर्किएको थियो ।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको केहि प्रहारले पोस्टको दिशा लिन सकेन ।

पोर्चुगलविरुद्ध मैदान उत्रदै एम्रिक लापोर्टेले स्पेनको टिममा डेब्यु गरेका छन् ।
उनले हालै स्पेनको नागरिकता लिएका थिए । उमेर समूहमा उनले फ्रान्सबाट खेलेका थिए ।
युरोकप तयारीका लागि स्पेन र पोर्चुगलले मैत्रीपूर्ण खेल खेलेका हुन् ।
मैत्रीपूर्ण अन्तर्गत नै हंगेरीले साइप्रसलाई १-० ले हराएको छ ।