एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको ड्रिम टिम ‘पीएफए टिम अफ द इयर’ को घोषणा भएको छ ।
प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) ले शुक्रबार ‘पीएफए टिम अफ द इयर’ को घोषणा गरेको हो ।
पीएफए ड्रिम टिममा च्याम्पियन म्यानचेस्टर सिटीका खेलाडीको बाहुल्यता रहेको छ ।
प्रिमियर लिगमा यस सिजन उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी सम्मलित टिममा सिटीका ६ खेलाडी परेका छन् । यस्तै टोटेनहम र म्यानचेस्टर युनाईटेडका २/२ र लिभरपुलका १ खेलाडी अटाएका छन् ।
सिटीबाट गोलकिपर एडर्सन, डिफेन्डर जोया कान्सेलो, जोन स्टोन्स, रुबेन डियाज, मिडफिल्डर केभिन डी ब्रुएन र इल्के गुन्डोगान टिम परेका छन् ।
युनाईटेडका लुक श, ब्रुनो फर्नान्डेज टिममा पर्दा टोटेनहमबाट ह्यारी केन र सन ह्युङ मिन परेका छन् । लिभरपुलका मोहमद सलाह टिममा परेका छन् ।
