एजेन्सी । इंग्लिस क्लब चेल्सीका फरवार्ड ओलिभर जिरौडले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
फ्रान्सेली स्ट्राइकर ओलिभरले शुक्रबार चेल्सीसँग सम्झौता नवीकरण गरेका हुन् ।
सम्झौता नवीकरण गरेसँगै उनी २०२२ सम्म चेल्सीमा रहने छन् ।
इटालियन क्लब एसी मिलान जाने चर्चा चलिरहेको बेला ओलिभरले क्लबसँग सम्झौता नवीकरण गरेका हुन् ।
३४ वर्षीय स्ट्राइकरको चेल्सीसँगको सम्झौता यस जुनबाट सकिदैछ । उनले गत सिजन एक वर्षको लागि सम्झौता नवीकरण गरेका थिए ।
चेल्सीलाई यस सिजन च्याम्पियन्स लिगको उपाधि दिलाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।
ओलिभर सन् २०१८ मा आर्सनलबाट चेल्सी आएका थिए ।
चेल्सीका लागि उनले १ सय १९ खेलमा ३९ गोल गरेका छन् ।