कुवेत । राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्टले नेपाली टिमको खेल्ने रणनीति र शैली फेरिएको बताएका छन् ।
विश्वकप छनोटमा बिहिबार चाईनिज ताईपेविरुद्ध प्राप्त जितसंगै फरवार्ड विष्टले नेपाली टिमको खेल्ने रणनीति र खेल्ने शैली फरक भएको बताए ।
उनले नेपाली टिम पछिल्लो समय प्रतिद्धन्दी टिमविरुद्ध हाबी भईरहेको स्विकार गरे ।
‘कोचले सिकाएको अभ्यासमा फरक छ । खेल्ने रणनीति र खेल्न शैली सबै फरक छ ।’ उनले भने, ‘हामी प्रतिद्धन्दीमाथि हाबी भईरहेका छौं, यो सबै फरक छ ।’
अन्जन विष्टको पेनाल्टी गोलमा नेपालले बिहिबार ताईपेविरुद्ध अग्रता लिएको थियो । नेपालले ताईपेविरुद्धको दोस्रो लेगमा २–० को जित निकालेको थियो । नेपालका लागि अर्को गोल नवयुग श्रेष्ठले गरेका थिए ।
अन्जनले ताईपेविरुद्ध पहिलो लेगको खेलमा समेत दुई गोल गरेका थिए । उनकै गोलमा नेपालले ताईपेलाई २–० ले हराएको थियो ।
एसिया छनोटको समूह बीमा रहेको नेपालले ताईपेलाई दुवै लेगमा हराउँदै ६ अंक जोडेको छ । र एसिया कप छनोटमा आफ्नो सम्भावना बढाएको छ ।
गोल भन्दा जितको लक्ष्य थियो । प्रशिक्षकको योजना अनुसार खेल्न सफल भयौ । उनले भने, जब जित्छौं भनेर जान्छौं । जित्नका लागि खेल्ने हो भने गोल निस्किन्छ ।
नेपालले विश्वकप छनोटको बाँकी खेलमा जोर्डन र अष्ट्रेलियासंग खेल्न बाँकी छ ।
उनले विश्वकप छनोटका आगामी यात्रा अझ कठिन भएको उल्लेख गर्दै अन्तिम समयसम्म लड्ने बताए ।
‘अब आउने दिनमा राम्रा टिम छन् । स्टेप वाई स्टेप गईरहेका छौं । अन्तिमसम्म लड्नेछौं ।’ उनले भने ।
पहिलो लेगमा दुई गोल गरेका अन्जनले दोस्रो लेगमा गोलको कत्तिको दबाब झेले त ?
‘दबाब भन्ने थिएन । खेलमा गोल हान्नका लागि खेल्ने हो । टिमले जित्नका लागि खेल्ने हो ।’ उनले भने ।
भिडियाे,