नाडाल फ्रेन्च ओपनको तेस्रो चरणमा
शुक्रबार, २१ जेठ २०७८खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस राफायल नाडाल फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
पेरिसमा बिहीबार राति भएको खेलमा फ्रान्सका रिचार्ड गास्क्वेटलाई हराएर नाडालले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।
विश्व नम्बर तीन समेत रहेका नाडालले गास्क्वेटलाई ६-०,७-५ र ६-२ ले पराजित गरे ।
१३ पटकको च्याम्पियन नाडालले अब बेलायतका क्यामरुन नोरीसँग खेल्नेछन् ।
नोरीले दक्षिण अफ्रीकाका लोयड हारिसलाई ४-६,६-३,६-३ र ६-२ ले हराए ।











-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


