सेरेना फ्रेन्च ओपनको अन्तिम ३२ मा
बिहिबार, जेठ २०, २०७८खेलपाटी संवाददाता

एजेन्सी । पूर्व विश्व नम्बर एक सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छिन् ।
बुधबार राति भएको खेलमा रोमानियाकी मिहाएला बुजार्नेस्कुलाई हराएर सेरेनाले अन्तिम ३२ को स्थान पक्का गरेकी हुन् ।
३९ वर्षीय अमेरिकी खेलाडी सेरेनाले बुजार्नेस्कुलाई ६-३,७-५ र ६-१ ले पराजित गरिन् ।
सातौं वरीयता प्राप्त सेरेनाले अब अमेरिकी खेलाडी डानिले कोलिन्ससँग खेल्ने छिन् ।
२३ पटकको ग्राण्डस्लाम विजेता सेरेनालेतीन पटक फ्रेन्च ओपन जितेकी छिन् ।
महिलातर्फ नै १५ औं वरीयताकी भिक्टोरिया अजेरिन्काले तेस्रो चरणमा स्थान बनाएकी छिन् ।
दशौँ वरीयताकी बेलिन्डा बेलिसिस भने दोस्रो चरणबाट बाहिरिएकी छिन् ।
पुरुषतर्फ रुसका डेनील मेदभेदेबले तेस्रो चरणमा स्थान बनाएका छन् ।
दोस्रो वरीयताका डेनीलले अमेरिकाका टोमी पाउललाई ३-६,६-१,६-४ र ६-३ ले पराजित गरे ।






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


