• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
प्रतियोगिताको हतारो, पुरस्कार उधारो
दिपेश तिमल्सिना
बुधबार, जेठ १९, २०७८ दिपेश तिमल्सिना
प्रतियोगिताको हतारो, पुरस्कार उधारो

काठमाडौं । कोरोना भाईरसको पहिलो लहरको महामारीका कारण देश बन्दाबन्दीमा जानु केही साता अघि नेपालमा अन्य खेलकुद क्रियाकलाप बन्द भइसकेका थिए ।

तर,  अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा 'बी' डिभिजन लिग जारी नै राख्यो ।

एन्फाले लिगका लागि खर्च भइसकेकाले रोक्न नमिल्ने प्रतिक्रिया दिदा राष्ट्रिय खेलकुद परिषद् (रापेप) ले खेलकुद गतिविधि नरोके कारबाही प्रक्रिया अगाडी बढाउने बताएको थियो । नभन्दै राखेपले विज्ञप्ति निकाल्यो र एन्फा 'बी' लिग स्थगित गर्न बाध्य भयो ।

२०७६ को 'ए' डिभिजन लिग मात्र सकेको एन्फाले आफ्नो योजनामा रहेका अन्य लिग, राखेपको विज्ञप्ति र कोरोना महामारीका कारण तोकिएको समयमा आयोजना गर्न सकेन् । २०७७ को मध्ये तिर देशमा बन्दाबन्दी केही खुकुलो भएपछि एन्फाले २०७६ कै लिगको बाँकी खेललाई पूरा गर्ने निर्णय गर्यो ।

पहिलो संस्करणको लिग नसकिएकाले एन्फाले लिगको नयाँ सिजनको सुरुवात गर्न सकेन् । यसै कारण एन्फाले २०७७ को 'ए' डिभिजन लिग नहुने बतायो र भएन पनि । तर, एन्फा कोरोनाले स्थगित लिगलाई नै पूरा गर्ने दौडमा लाग्यो । बाँकी रहेका 'बी' डिभिजनका खेल, महिला राष्ट्रिय लिग, 'सी' डिभिजन लिग, एन्फा प्रेसिडेन्ट लिग चैतसम्म सक्नै पर्ने एन्फालाई हतारोमा थियो ।

हतारै हतारमा एन्फाले चैत भित्र बाँकी रहेका लिगहरु सक्यो  । तर, हतारोमा प्रतियोगिता आयोजना गरेको एन्फाले विजेता र उपविजेताको पुरस्कार राशी  भने उधारोमा राख्यो ।

उधारो पुरस्कार

गत चैत १५ गते नेपालगन्जमा एन्फा प्रेसिडेन्ट लिग सम्पन्न भएको थियो । लिगमा अपराजित हुँदै स्टार सिटी युवा क्लब कैलाली च्याम्पियन बन्यो । ६ खेल खेलेको स्टार सिटीले ५ खेलमा जित र एक खेल बारबरी खेल्दै १६ अंक जोडेर लिगको च्याम्पियन बनेको थियो । त्यस्तै लुम्बिनी प्रदेशको धम्बोझी क्लबले ४ खेलमा जित र दुई खेलमा बराबरी खेल्दै १२ अंक जोडरे लिगको उपविजेता बन्यो ।

च्याम्पियन बनेको स्टार सिटीले १० लाख, उपविजेता बनेको धम्बोझीले ५ लाख र प्रतियोगितामा फेयर प्ले टिमका रुपमा मनकामना युवा क्लबले ५० हजार पुरस्कार पाउनु पर्ने हो । तर, प्रतियोगिता सकिएको दुई महिना बितिसक्दा समेत एन्फाले विजेता र उपविजेता टोलीलाई पुरस्कार राशी उपलब्ध गराउन सकेको छैन् ।

‘हामी च्याम्पियन बनेको दुई महिना भइसक्यो । तर, एन्फाले पुरस्कार राशी उपलब्ध गराउन सकेको छैन्,’ च्याम्पियन क्लबका अध्यक्ष कुमार शाहीले भने, ‘हामीले बारम्बार एन्फालाई जानकारी गराइरहेका पनि छौ । तर, खै के कागजात मिलाउँदै छौ । कागजात मिलेपछि दिन्छौ भनेको थियो । अहिलेसम्म पाएका छैनौ ।’

च्याम्पियन टोलीले च्याम्पियन बने लगत्तै समापन समारोहमा पुरस्कार बापतको रकम पाउनु पर्ने हो । तर, च्याम्पियन टोलीलाई डमी चेक मात्र हस्तान्तरण गर्दै उधारो पुरस्कार राख्ने नेपाली खेलकुदको परम्परा नै छ । यसले खेलाडी मात्रै नभई क्लबको भावनामा समेत ठेस पुग्ने स्टार सिटीमा अध्यक्ष शाहीले बताए ।

‘कुनै प्रतियोगिताको च्याम्पियन बने बापत विजेतालाई दिने पुरस्कार राशी समापन समारोहमा नै दिनु पर्ने हो । पुरस्कार पुर्व निर्धारित हुन्छ । यसका लागि कागजातका कुरा कहाँबाट आए,’ उनले प्रश्न गरे, ‘ट्याक्सका कुरा आउछन् भने त्यो आयोजकको विषय हो । हामीले ट्याक्स तिर्ने हो भने पुरस्कार राशी आयो भने हामी तिर्छौ । दुई महिनासम्म पुरस्कारका लागि कागजात मिलाउँदै छौ भन्नु आफैमा हास्याँस्पद भएन ।’

May be an image of 11 people, including GovindaRaj Nepal and Karma Tsering Sherpa and people standing

कागजातको खेल

यता एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले क्लब रिन्यु, वार्षिक आयव्याय र नगरपालिकाको रिपोर्ट लगायतका कागजात नआएकाले पुरस्कार राशीमा ढिलाई भएको बताए । उनले कुनै क्बल रिन्यु नभएको खण्डमा पुरस्कार राशी दिन नमिल्ने जानकारी दिए । अध्यक्ष शेर्पाले आयोजकले प्रतियोगिताको सम्पूर्ण रिपोर्ट नबुझाएकाले पनि पुरस्कार राशीमा ढिलाई भएको हुन सक्ने जानकारी दिए ।

‘प्रतियोगितामा आर्थिक र प्राविधिक कमिटि हुन्छ । त्यसले तयार पारेको रिपोर्ट आयोजकले एन्फालाई बुझाउनु पर्ने हो । त्यो रिपोर्ट पुगेको छैन्,’ एन्फा अध्यक्ष शेर्पाले भने, ‘अर्को कुरा नयाँ रिन्यु गरेको र नगरपालिको सिफारिश, प्रदेश संघको सिफारिस पनि क्लबले एन्फामा बुझाउनु पर्छ । त्यो आधिकारिक क्लब हो कि हैन,  रिन्यु भएको छ कि छैन्, प्रमाणित गराउनका लागि क्लबले आफ्नो वार्षिक रिपोर्ट नबुझाउनस पर्छ, त्यो नबुझाएको होला ।’

वार्षिक आयव्यय र रिन्युनै नगरेका क्लबलाई प्रतियोगितामा खेल्नु किन दिनु भएको भन्ने प्रश्नमा उनले भने, त्यतिबेला हतार थियो । हतारमा हामीले प्रतियोगिता सम्पन्न गर्न तिर लाग्यौ । अर्को विषय जिल्ला लिगबाट प्रदेश लिगसम्म च्याम्पियन बनेको क्लबलाई खेलाउँदैनौ भन्न पनि मिलेन् ।’

एन्फाले प्रतियोगिता तयारीका लागि प्रत्येक क्लबलाई ७ लाख दिने निर्णय गरेको थियो । तर, क्लबले ५ लाख मात्र पाएका छन् । तयारी स्वरुप पाउने बाँकी रहेको दुई लाख क्लबले प्रतियोगिताका दौरान खर्च भएको विवरण बुझाएपछि मात्रै पाउँछ । तर, एन्फाले पुरस्कारका लागि प्रतियोगिताका दौरान क्लबले गरेको खर्च विवरण समेत मागेको छ । एन्फा अध्यक्ष शेर्पाले पुरस्कार पाउनका लागि प्रतियोगिता तयारीका दौरान भएको खर्च विवरणको रिपोर्ट समेत बुझाउनु पर्ने बताए ।

एन्फाले विजेता र उपविजेताको मात्र नभई व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार उपलब्ध गराएको छैन् । विधागत रुपमा उत्कृष्ट बनेका स्टार सिटीमा खेलाडीले बारम्बार आफुलाई पुरस्कारको बारेको सोधी हरेको क्लब अध्यक्ष शाहीले जानकारी दिए । यता एन्फा अध्यक्षले आयोजकको रिपोर्ट र क्लबको कागजात नआएसम्म व्यक्तिगत विधाका खेलाडीलाई समेत पुरस्कार दिन नमिल्ने बताए । उनले सबै पुरस्कार क्लबको आधिकारिक कागज पत्रमा अल्झिएको जानकारी दिए ।

‘व्यक्तिगत विधामा उत्कृष्ट बनेका खेलाडीले मलाई सधै सोधी रहेका हुन्छन् । उनीहरुलाई समेत एन्फाले पुरस्करा उपलब्ध गराएको छैन्,’ उनले भने, ‘यस्तो महामारीका बेला त्यही पुरस्कार राशी पाए पनि खेलाडीका लागि केही राहत हुन सक्थ्यो । खेलाडीका लागि एन्फाको नत कुनै राहत नै छ । समस्यामा परे मलाई भन्नु म व्यक्तिगत रुपमा सकेको सहयोग गर्नेछु भनेको छु ।’

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक स्टार सिटीका टेकेन्द्र सिह थापा, उत्कृष्ट डिफेन्डर स्टारकै धन राज थापा, उत्कृष्ट मिडफिल्डर स्टारकै राजेन्द्र रावल, उत्कृष्ट स्ट्राइकर धम्बोझीका निशान लिम्बु र उत्कृष्ट प्रशिक्षक स्टारकै ललित चन्द्र घोषित भएका थिए । उनीहरुले समान रुपमा जनही २५ हजार पाउने एन्फाले जनाएको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी स्टार सिटीका रुप बहादुर विष्ट घोषित भएका थिए । उनले ५० हजार प्राप्त गर्नु पर्ने हो । तर, अहिलेसम्म पाएका छैनन् । प्रतियोगिताको समापन समारोहमा खेलाडीलाई डमी चेक हस्तान्तरण गर्न राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतका व्यक्तित्व त्यहाँ पुगेका थिए ।

‘पछिल्लो एक महिना बन्दाबन्दीले खायो । तर, प्रतियोगिता सकिएको एक महिनासम्म त पुरस्कार दिन सक्थ्यो । अहिले बन्दाबन्दी जारी छ । काम भइरहेको छ । दिन्छौ भनेर भनेका छन् । बन्दाबन्दीमा धेरै बोल्न पनि नहुने,’ क्लब अध्यक्ष शाहीले भने ।

एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार टोलीले राष्ट्रिय लिगमा सहभागिता जनाउने छन् । राष्ट्रिय लिगका लागि शीर्ष चारमा रहेका स्टार सिटी, धम्बोझी, मनकामना र त्रिवेणी क्वालीफाई भएका छन् । त्यस्तै ए डिभिजन लिगका शीर्ष ६ टोलीले राष्ट्रिय लिग खेल्ने छन् । तर, नेपालका जारी बन्दाबन्दीका कारण एन्फाले राष्ट्रिय लिगको मिति तोक्न समेको छैन् ।

May be an image of 26 people, including Karma Tsering Sherpa and people standing

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
त्रासदी बनेकी सागोरिका
त्रासदी बनेकी सागोरिका
पूर्णिमा बनिन् सर्वाधिक गोलकर्ता
पूर्णिमा बनिन् सर्वाधिक गोलकर्ता
सागोरिकाको ४ गोल, बंगलादेशले जित्यो उपाधि
सागोरिकाको ४ गोल, बंगलादेशले जित्यो उपाधि
पहिला हाफमा पछाडि पर्‍यो नेपाल
पहिला हाफमा पछाडि पर्‍यो नेपाल
३ खेलको प्रतिबन्धपछि मैदान फर्किइन् सिम्रन
३ खेलको प्रतिबन्धपछि मैदान फर्किइन् सिम्रन
३ खेलपछि बिर्सनाले पुन: पाइन् कप्तानी जिम्मेवारी
३ खेलपछि बिर्सनाले पुन: पाइन् कप्तानी जिम्मेवारी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
त्रासदी बनेकी सागोरिका
त्रासदी बनेकी सागोरिका
पूर्णिमा बनिन् सर्वाधिक गोलकर्ता
पूर्णिमा बनिन् सर्वाधिक गोलकर्ता
सागोरिकाको ४ गोल, बंगलादेशले जित्यो उपाधि
सागोरिकाको ४ गोल, बंगलादेशले जित्यो उपाधि
‘होर ई स्पोर्ट्स’ले पब्जी विश्वकप खेल्ने
‘होर ई स्पोर्ट्स’ले पब्जी विश्वकप खेल्ने
पहिला हाफमा पछाडि पर्‍यो नेपाल
पहिला हाफमा पछाडि पर्‍यो नेपाल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP