एजेन्सी । मैत्रीपूर्ण खेलमा क्रोएसियाले अर्मेनियासँग बराबरी खेलेको छ ।
मंगलबार राति भएको खेलमा क्रोएसियाले अर्मेनियासँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा खेलको २४ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए ।
तर, खेलको ७२ औं मिनेटमा एन्गुलोले गोल गर्दै अर्मेनियालाई १-१ गोलको बराबरीमा फर्काए ।
युरोकप फुटबलको तयारीमा लागि क्रोएसियाले मैत्रीपूर्ण खेल खेलेको हो ।
क्रोएसिया युरोकपको समूह 'डी' मा रहेको छ ।
इंग्ल्यान्डसँगै जुन १३ मा खेल्दै क्रोएसियाले युरोकपको सुरुवात गर्नेछ ।
अर्को मैत्रीपूर्ण खेलमा पोल्याण्डले रुससँग १-१ गोलको बराबरी खेलेको छ ।