ओसाकाले लिईन फ्रेन्च ओपनबाट नाम फिर्ता
सोमबार, जेठ १७, २०७८खेलपाटी संवाददाता

एजेन्सी । जापानी खेलाडी नाओमी ओसाकाले फ्रेन्च ओपन टेनिसबाट नाम फिर्ता लिएकी छिन् ।
सोमबार सामाजिक संजालमा एक विज्ञप्ति निकाल्दै ओसाकाले फ्रेन्च ओपनबाट नाम फिर्ता लिएको बताएकी छिन् ।
ओसाका पेरिसमा जारी प्रतियोगिताको दोस्रो चरणमा पुगेकी थिइन् ।
दोस्रो वरीयता प्राप्त ओसाकाले आइतबार भएको खेलमा रोमानियाकी प्याट्रिसिया मारिया टिगलाई हराएर दोस्रो चरणमा स्थान बनाएकी हुन् ।
पछिल्लो समय मिडियासँग नबोल्ने बताएपछि उनी विवादमा तानिएकी थिइन् ।
उनले स्वास्थ्यलाई ख्याल गर्दै खेलपछि पत्रकार सम्मेलनमा नजाने बताएकी थिइन् ।
पहिलो खेलमा जित निकालेपछि मिडियामा प्रतिक्रिया नदिएको कारण फ्रेन्च ओपनको आयोजकले उनलाई १५ हजार अमेरिकी डलर जरिवाना गरेको थियो ।






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


