फेडेरर फ्रेन्च ओपनको दोस्रो चरणमा
सोमबार, जेठ १७, २०७८खेलपाटी संवाददाता

एजेन्सी । स्विस खेलाडी रोजर फेडेररले फ्रेन्च ओपन टेनिसमा विजयी सुरुवात गरेका छन् ।
पूर्व विश्व नम्बर एक फेडेररले सोमबार डेनिस स्टोमिनलाई हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएका हुन् ।
पेरिसमा भएको खेलमा आठौं वरीयताका फेडेररले विना वरीयताका डेनिसलाई ६-२,६-४ र ६-३ ले पराजित गरे ।
२० पटकको ग्राण्डस्लाम विजेता फेडेरर सन् २०१९ पछि पहिलो पटक कोर्ट फर्किएका हुन् ।
रुसका डेनील मेदभेदेबले पनि दोस्रो चरणमा स्थान बनाएका छन् ।
दोस्रो वरीयताका मेदभेदेबले एलेक्सजेण्डर बुब्लिकलाई ६-३,६-३ र ७-५ ले हराए ।
महिलातर्फ जोहन्ना कोन्टा भने पहिलो चरणबाटै बाहिरिएकी छिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)



