डेब्युमै मनिसको गोल
शनिबार, जेठ १५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले अहिले मैत्रीपूर्ण खेलमा इराकसँग प्रतिस्पर्धा गरिरहेको छ ।
बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा जारी खेलमा नेपालले इराकविरुद्ध २-१ को अग्रता बनाएको छ ।
खेलको २९ औं मिनेटमा डेब्यु खेलाडी मनिस डाँगीले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाएका हुन् ।
यस अघि खेलको सातौं मिनेटमा इराकका अला अब्दुला खासिनले फ्रिकिकमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
तर, आठौं मिनेटमा इराकका डिफेन्डर अहमेद इब्राहिम खलाफले आत्मघाती गोल गरेपछि खेल १-१ को स्थितिमा पुगेको थियो ।






-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)

-1762650613586.webp&w=3840&q=75)

