बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय टिममा मनिस र गौतमको डेब्यु 

शनिबार, १५ जेठ २०७८खेलपाटी संवाददाता
राष्ट्रिय टिममा मनिस र गौतमको डेब्यु 
Loading ad...
mustang rice ad

काठमाडौं । मिडफिल्डर मनिस डाँगी र डिफेन्डर गौतम श्रेष्ठले नेपाली राष्ट्रिय टिममा डेब्यु गरेका छन् ।

घरेलु टिम इराकविरुद्ध खेल्ने टिममा पर्दै मनिस र गौतमले डेब्यु गरेका हुन् ।

नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।

एन्फाले इराकविरुद्धको खेलका लागि घोषणा गरेको सुरुवाती-११ मा मनिस र गौतम परेका छन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टोलीलाई ४-३-३ को रणनीतिमा मैदान उतार्नेछन्  ।

नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने छन् ।

विश्वकप छनोटको तयारीमा रहेको नेपालले फिफा वरीयतामा माथिल्लो स्तरको इराकविरुद्ध खेल्न लागेको हो ।

नेपालको सुरुवाती-११

गोलकिपर- किरण चेम्जोङ

डिफेन्डर -रोहित चन्द, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल

मिडफिल्डर -मनिस डाँगी, पुजन उपरकोटी,सन्तोष तामाङ

फरवार्ड -अन्जन विष्ट, नवयुग श्रेष्ठ,सुमन लामा

डेब्यु खेलाडी कस्ता ?

मनिस डाँगी  

दक्षिण कोरोयाको एकेडेमीबाट खेल्दै आएका मनिष गत वर्ष मात्रै घरेलु फुटबलमा चर्चामा आएका थिए । विदाको मौका पारेर खालीबारी युथ क्लबबाट 'सी' डिभिजन लिग खेलेपछि मनिष सिधै उमेर समूहको यू-१८ टोलीमा परेका थिए ।

यू-१८ मा राम्रो प्रदर्शन गरेका मनिषलाई प्रशिक्षक मेघराज केसीले एएफसी यू-१९ छनोटमा स्थान दिए । त्यसपछि नेपालमै भविष्य देखेका मनिषले विराटनगर सिटीबाट पहिलो पटक ठुलो लिग खेलेका हुन् । ६ खेलमा बेन्चबाट सुरुवात गरेपनि उनको खेललाई प्रशिक्षक अब्दुल्लाहले मन पराए । पहिलो पटक राष्ट्रिय टोलीका कल भएका मनिषले पहिलो अवसरमै प्रशिक्षकको मन जित्दै टोलीमा स्थान बनाए ।

No description available.

मिडलाइनसँगै विंगर र अट्याकमा प्रभाव जमाउन सक्ने मनिषले आगामी दिनमा समेत आफ्नो प्रभाव राष्ट्रिय टोलीमा देखाउन सक्छन् । हालसम्म शहिद स्मारक ए डिभिजिन लिगको स्वाद नचाखेका १९ वर्षीय मनिषले एनएसएलमा ६ खेलनै बेन्चबाट सुरु गर्दा १५४ मिनेट मात्रै मैदानमा बिताएका थिए ।

गौतम श्रेष्ठ 

पछिल्लो सिजन 'ए' डिभिजन लिगमा जावलाखेल युथका लागि खेल्दै आएका युवा डिफेण्डर गौतम श्रेष्ठ गत महिना भएको एएफसी छनोटको पहिलो र दोस्रो चरणको छनोटमा त्रिभुवन आर्मी क्लबबाट प्रतिनिधित्व गरेका थिए ।

लेफ्ट ब्याकमा उत्कृष्ट प्रदर्शन गर्दै आईरहेका २१ वर्षीय गौतमलाई सो प्रतियोगितामा नियालेका प्रशिक्षक अब्दुल्लाहले आफ्नो लिष्टमा तोनेका हुन् । आगामी लिगमा आर्मीको जर्सीमा देखिने गौतमले दशरथ रंगशामा भएको किर्गीस्तानविरुद्धको खेलमा आर्मीबाट राम्रो प्रदर्शन गरेका थिए ।

No description available.

एनएसएलमा पोखरा थण्डर्सबाट खेलेका गौतमले पहिलो अवसरमै राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । एनएसएलमा ४ खेल सेटमा खेल्दा उनले एक खेलमा मात्रै ७५ मिनेटमा मैदान छोडेका थिए । 

नेपालको सुरुवाती-११ 

May be an image of ‎11 people and ‎text that says '‎Nepal starting XI 16 KIRAN KUMAR LIMBU 5 23 AUTAM SHRESTHA ROHIT CHAND ANANTA TAMANG SUMAN ARYAL 15 MANISH DANGI PUJAN UPERKOTI 17 SANTOSH TAMANG 14 ANJAN BISTA 13 18 SUMAN LAMA NAWAYUG SHRESTHA Nepal VS Iraq, May 29, Basra الهاكير VS Head Coach: Abdullah Almuitairi‎'‎‎

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने