बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

इराकविरुद्धको त्यो खेल – उपेन्द्रमान सिंह

शनिबार, १५ जेठ २०७८खेलपाटी संवाददाता
इराकविरुद्धको त्यो खेल – उपेन्द्रमान सिंह
Loading ad...
mustang rice ad

काठमाडौं । फिफा विश्वकप २०२२ र एसिया कप २०२३ छनोटको तयारी स्वरुप नेपालको राष्ट्रिय फुटबल टिमले शनिबार एसियाको बलिया प्रतिद्धन्दी इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

इराकको बसरा शहरस्थित अल्फायहा रंगशालामा नेपालले झण्डै दुई दशकपछि चौथो पटक इराकविरुद्ध उत्रन लागेको हो । यसअघिका तीन भेटमा इराकसंग नेपाल पराजित भएको नतिजा छ ।

नेपाल र इराकबीच पहिलो भेट सन् १९८२ नोभेम्बर २३ मा भएको थियो । एसियन गेममा भएको भेटमा इराकले ३-० ले बाजी मारेको थियो ।

पहिलो भेटको १९ वर्षपछि नेपालले पुनः इराकविरुद्ध उत्रन लागेको हो ।

दोस्रो भेटमा निराजन रायमाझीले एक गोल गरेको खेलमा नेपालले ९-१ काे हार ब्यहोरेको थियो । दोस्रो खेल अल्माटीमा भएको थियो ।

काजकिस्तानमा भएको तेस्रो भेटमा भने नेपालले सुधारिएको प्रदर्शन गरेको थियो । निराजन रायमाझी र हरी खड्काले समान एक एक गोल गरेको खेलमा नेपाल ४-१ ले पराजित भएकाे थियाे ।

इराकसँग ३ गोल गरेर १३ गोल ब्यहोरेको करिब २ दशकपछि नेपालले उही अरेवियन मुलुकको सामना गर्दैछ । इराकसंगको पछिल्ला दुई भेटमा नेपाली टिमको कप्तानी उपेन्द्रमान सिंहले गरेका थिए ।

हाल उनी अखिल नेपाल फुटबल संघ (एन्फा)को उपाध्यक्ष छन् । उनै कप्तानसंग खेलपाटीका रमेश सुवेदीले तत्कालिन टोलीको बनावट, टोलीको अवस्था र इराकसम्मको भ्रमण र हालको टोली तयारी, टिम बनोट र आजको खेलको अनुमानका विषयमा कुराकानी गरेका छन् ।

No description available.

‘हामीले सन् २००१ मा विश्वकप छनोटको लागि बगदादमा इराकसँग खेलेको हो । त्यो बेला एन्फामा कलह थियो । गिता राना र गणेश थापाबीच द्वन्द चलिरहको थियो । त्यस्तो विषम परिस्थितमा खेल्न गएको हो । एउटा गिता रानाको टिमले सातदोबाटोमा अभ्यास गर्ने गरेको थियो । गणेश थापा(एन्फा पूर्व अध्यक्ष)को टिम भने खुल्ला मञ्चमा अभ्यास गर्ने गथ्र्याै ।

त्यस्तो विषम परिस्थितीबाट टिम बनाएर टासी घले (हाल एन्फाका मानार्थ अध्यक्ष)को नेतृत्वमा टोली गएको थियो । त्यो बेला आन्तरिक द्वन्दका कारण दुबै टिम नगएको भए नेपाललाई कारबाही गर्न सक्ने अवस्था थियो । त्यो अवस्थामा हामी इराक पुगेका हौं ।

हाम्रो तयारी पनि नाजुकनै थियो । तयारी थिएन । विवाद थियो । विजोगनै थियो । मैदान कतै नपाएर खुल्लामंञ्चमा गएर तयारी गरेका थियौं । रंगशालामा सबै सरकारको हुँदा गिता रानावालाले रंगशालामा तयारी गथ्र्याे ।

यता गणेश थापाको टिममा राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको थियो । हामी सबै खेलाडी यतै अभ्यासमा थिर्याै । सबै खेलाडी गणेश थापा नेतृत्वकै संघको पक्षमा थियौं । त्यसैले फिफा र एएफसीको मान्यता पनि हामीलाईनै थियो ।
गणेश थापाले नेतृत्व गरेको टोलीलाई सबै ग्राउण्डमा प्रतिबन्ध थियो । रोकेको थियो । खुल्ला मञ्चमा खेलेर गएका थिर्याै ।
त्यस्तो विषम परिस्थितीमा त्यहाँ गएर खेल्दा लगभग नजिता हेर्ने हो भने हाम्रो निकै राम्रो भएको थियो । हामीले दुई ठाउँमा खेलेका थियौं । इराकसँग पहिलो खेल खासै राम्रो खेल्न सकेनौं ।
पहिलो खेल बगदादमा खेल्यौं । दोस्रो खेल अल्माटी (कजाकस्तान) मा भएको थियो । समग्रमा दुबै खेलमा रिजल्ट रामै्र भएको थियो ।

त्यो बेला इराकमा पनि ग्रस्त थियो । त्यहाँ पनि फुटबलले इराकको जनतामा हाँसो ल्याएको अवस्था थियो । देश द्धन्द ग्रस्त थियो । इराक जाँदा युरोप छिरेर सिरिया हुँदै गएका थियौं ।

अहिलेको खेलाडी र त्यो बेलाको अवस्था हेर्ने हो भने अहिले निकै राम्रो छ । धेरै खेलहरु खेल्न पाएको छ । लामो तयारी गर्न पाएका छन् । कोभिडकै अवस्थामा अहिले हेरौं एन्फाले धेरै राम्रो गर्याे । खेलाडीलाई अभ्यासमै रहने अवसर मिलायौं । नेपाल सुपर लिग आयोजना भयो । थ्री नेसन्स कप आयोजना भयो । यसअघि फिफा विश्वकपका छनोट खेल रोकिँदा पनि खेलाडीलाई अभ्यासमै राख्यौं । खेलाडीलाई फिटनेसमा राख्न सफल भर्याै । सबै तरिकाले हेर्दा राम्रो तयारी भएको छ । हामीले एक बर्षमै यसै खेलको लागि भनेर अभ्यासमा राख्न सफल भयौ । विचमा पोखरा पनि लगेका थियौं ।

अहिले राम्रो तयारी गरेको छ एन्फाले । त्यो हिसाबमा नेपालले राम्रो गर्नुपर्ने हो ।

तर, इराकपनि निकै बलियो छ । प्रतिस्पर्धीको हिसाबले हेर्ने हो भने फिफा बरियतामा नेपाल भन्दा धेरै राम्रो छ । उ ६८ औं स्थानमा छ । नेपाल १७१ औं स्थानमा छ । इराक एसिया च्याम्पियन भएको छ । विश्वकपमा फाइनल राउण्डमा पुगिसकेको टिम हो ।

अरबीयन फुटबलमा आफ्नो स्थान जमाईसकेको राष्ट्र हो, इराक । त्यस्तो टोलीसँग नेपालले मैत्रीपूर्ण खेल खेल्नु भनेको रामै्र हो । जव.ब हामीले ठुला ठुला देशसँग खेल्छौं, हाम्रो पनि स्तर बढ्छ । जहिल्यै भुटान, बंगलादेश, पाकिस्तानसँग खेल्दा हाम्रो स्तर बढ्न सक्दैन ।

विश्वकप छनोट अघि इराकसँग एन्फाले मैत्रीपूर्ण खेल राख्दा खेलाडीलाई हौसला प्रदान गर्छ भनेर खेल राखेको हो ।

तुलना गर्ने हो भने इराक हामी भन्दा माथि रहेको वरियताले पनि जनाउँछ र इराकको विगताको नतिजाले पनि देखाउँछ । हामीले खेल्ने भनेको खेलाडीलाई अवसर दिने हो । टिम सेट गर्ने हो । राम्रो खेल प्रदर्शन गर्ने हो । सकेसम्म कम गोल खाने वा बराबर गर्न पाए ठुलै उपलब्धि हुन्छ । यो नतिजाले आउने दिनको खेलमा खेल्न खेलाडीमा मनोबल बढ्छ ।

जित गाह्रो छ । उनीहरुको टिम राम्रो छ । तर हाम्रो पनि टिम राम्रो छ । नयाँ खेलाडी छन् । टिम राम्रोसँग सेट हुन पाएको छैन । धैरै म्याच खेल्न नपाएको अवस्था छ । खेलाडीमा रिक्स छ । मेहनत गरेर खेल्नु पर्छ ।

अनुमान

फुटबलमा अनुमान गर्न अलि कति गाहै्र छ । जे पनि हुन सक्ने हो । अनुमान गर्न अलिकति गाह्रो छ । नेपाल भन्दा स्तरिय टिम हो, इराक ।

हामीले सुरुवातमा खेल्दा १०/१५ मिनेट गोल नखाने र उनिहरुलाई रोक्न सके कम गोल खान्छौं भनेर खेलेको थियौं । सुरुमै गोल ब्यहोर्न थाल्यौै भने गोलको संख्या बढ्न सक्छ भन्ने लागेको थियो ।
आजपनि सुरुबाट रोक्यौ भने गोल धेरै हुँदैन । सुरुमै रोक्न सक्यौं भने ३–४ मा हुन सक्छ । सुरुमै गोल खार्याै भने युवा खेलाडी छन् । यसलाई थाम्न सकेनौं भने धेरै गोल ब्यहोर्न पनि सक्छ ।’

No description available.

तत्कालिन नेपाली टिम :

मुनि बसेको दाया भागबाट :

१२ कुमार थापा, ७ देवनारायण चौधरी, १९ दिपक लामा, ११ हरि खड्का , १३ सुनिल तुलाधर,

उभिएको बाया तर्फबाट : १० बसन्त थापा, ३ राकेश श्रेष्ठ, ९ निराजन रायमाझ ५ नारायण मानन्धर, १४ बालगोपाल महर्जन, १ उपेन्द्र मान सिंह (कप्तान)

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने