शुक्रबार, कार्तिक २२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

कोरोनाको चपेटामा ओलम्पिक छनोट

आइतबार, जेठ ९, २०७८दिपेश तिमल्सिना
कोरोनाको चपेटामा ओलम्पिक छनोट
Classic Tech Internet Ad

काठमाडौं । ओलम्पिक छनोटको तयारीमा रहेको नेपालको कराँते टोलीले अप्रिल ३० देखि मे ३ सम्म पोर्चुगलमा हुने कराँते प्रिमियर लिगमा सहभागिता जनाउन बन्चित बन्यो ।

विश्व वरियतामा सयौं स्थानसम्म रहेका खेलाडीले आफ्नो वरीयता सुधारका लागि खेल्ने प्रतियोगिता नेपाली खेलाडीले अन्तिम समयमा आएर गुमाउनु पर्यो ।

आफ्नै खर्चमा नाम दर्ता गरेका कराँते खेलाडीलाई बढ्दो कोरोना भाइरस संक्रमणको कारण देखाउँदै संघले पोर्चुगल यात्रा स्थगित गरेको थियो । यसले लाखौ खर्च गरेर ओलम्पिकको तयारी गरिरहेका खेलाडीलाई निराश गर्यो नै, यसले ओलम्पिक छनोटको सम्भावना समेत न्युन गरेको प्रशिक्षक दीपक श्रेष्ठ बताउँछन् ।

‘प्रतियोगितामा जान पाएको भए खेलाडीको वरियता बढ्ने थियो । खेलाडीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको भए ओलम्पिक छनोटका लागि ढोका खुल्न सक्थ्यो ।’ प्रशिक्षक श्रेष्ठले खेलपाटीसंग भने, ‘सहभागिता जनाएको भए केही न केही हुन्थ्यो । तर सहभागितानै जनाउन पाएनौं । यसले गर्दा ओलम्पिकमा नेपालको वाइल्ड कार्ड सम्भावन पनि धेरै न्युन रहेको छ ।’

जुनमा फ्रान्समा ओलम्पिक छनोट प्रतियोगिता हुँदैछ । तर छनोट खेल खेल्न नेपाली खेलाडीको वरीयता नपुग्ने प्रशिक्षक श्रेष्ठ बताउँछन् ।

उनले वरीयताको शीर्ष २० भित्र परेकाले मात्र छनोट खेल्ने अवसर पाउने भएकाले छनोट खेल्न गाह्रो भएको बताए ।

May be an image of 2 people, people standing and indoor

प्रशिक्षक श्रेष्ठका अनुसार नेपाली कराँते टोलीले ओलम्पिक छनोट खेल्ने सम्भावना न्युन रहेकाले अब वाइल्ड कार्डकै भरमा रहनुपर्ने उल्लेख गरे ।

कराँतेमात्र हैन ओलम्पिक छनोटको तयारी गरिरहेका अधिकांश खेलाडीहरु कोरोनाको चपेटमा परेका छन् । नेपाल सहित विश्व अधिकांश देशमा भएको लकडाउन, हवाई उडानको प्रतिबन्ध र क्वारेन्टिनको समयले खेलाडीको छनोट प्रतियोगिता प्रभावित देखिएको छ ।

यता, बक्सिङ खेलाडीले आफ्नै खर्चमा एसियन च्याम्पियन्सीप छनोटको आयोजना गर्दै च्याम्पियनसिप खेल्ने सपना बोकेका थिए । लतिलपुरमा चैत २९ देखि ३१ सम्म आयोजना भएको प्रतियोगिताबाट ७ खेलाडी छनोट हुँदै एसियन च्याम्पियनसिपन खेल्ने सपना बोकेका थिए । तर उनीहरुको सपनामा संघको विज्ञप्तिले पानी हाल्ने काम गर्यो ।

मे २२ देखि ३१ सम्म दुबईमा आयोजना हुने बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडीले सहभागिता जनाउने तय भएपनि अन्तिममा आएर बक्सिङ संघले कोरोना महामारीको अवस्था र अन्तर्राष्ट्रिय उडान बन्दको कारण देखाउँदै प्रतियोगितामा सहभागिता जनाउन असम्भव भएको विज्ञप्तिमार्फत जनाएको थियो ।

यता, नेपाली तेक्वान्दो खेलाडीले भने ओलम्पिक छनोट प्रतियोगितानै गुमाई सकेका छन् । जोर्डनमा मे २१ देखि २२ सम्म आयोजना भएको ओलम्पिक छटनोटमा नेपाली खेलाडीले अन्तिम अवस्थामा आएर सहभागिता जनाउन पाएनन् ।

तेक्वान्दोका वीरबहादुर महरा, भूपेन श्रेष्ठ र महिलातर्फ निमा गुरुङ छनोट प्रतियोगिता खेल्न तयार थिए । तर बढ्दो कोरोना संक्रमणका कारण जोर्डन सरकारले दुई साताअघि मात्र भारत र नेपालबाट जोर्डन आउनेका लागि कम्तीमा दुई साता क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने नियम ल्यायो । नयाँ नियमपछि नेपाली खेलाडीले सहभागिता जनाउन पाएनन् ।

‘ओलम्पिक छनोटमा जाने भनेर तयारीमा थियौ । प्रशिक्षण पनि गरिरहेका थियौ । तर बीचमा बन्दाबन्दी भयो । तर पनि जानेनै भनिरहेका थियौं ।’ ओलम्पिक छनोटको तयारीमा रहेका भूपेन श्रेष्ठले भने, ‘प्रतियोगिताको केही दिन अगाडी मात्रै पुग्ने गरेर जाने तयारी गरिरहेका थियौ । तर दुई साता क्वारेन्टाइन बस्नु पर्ने भन्ने सुनियो । हाम्रो तयारी पुगेन र सहभागि हुन सकेनौ ।’

वीरबहादुरले ओलम्पिक छात्रवृत्ति पाएका छन् । तेक्वान्दोमा नेपालले वाइल्ड कार्ड पाएको खण्डमा वीरबहादुरले नेपालको प्रतिनिधित्व गर्ने छन् । तर भूपेन र निमाको यस वर्षको ओलम्पिक यात्रा सकिएको छ ।

तेक्वान्दोको विश्व वरीयताको तेस्रो नम्बरमा रहेका भुपेन नेपाली तेक्वान्दोको पछिल्लो पुस्ताका निकै सम्भावना बोकेका खेलाडी हुन् । उच्च लयमा रहेका भूपेनले घरेलु भुमिमा आयोजना भएको १३ औं सागमा स्वर्ण पदक जितेका थिए । ओलम्पिकै तयारीमा रहेकी निमाले १३ औं सागमा रजत पदक जितेकी थिइन् ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणाले छोटो समयमा दुई साताको क्वारेन्टाइन बस्नु पर्ने सुचना आएकाले तयारी नपुग्दा छनोटमा सहभागिता हुन नसकेको बताए ।

‘प्रतियोगिताको १७ दिन अगाडी मात्रै दुई साता क्वारेन्टाइन बस्नु पर्ने भन्ने सुचना आयो । छोटो समयमा सूचना आएकाले तयारी गर्न सकेनौ ।’ राणाले भने, ‘देश बन्दाबन्दीमा थियो । तीन दिनमा एयरवेजको टिकटदेखि जोर्डनमा बस्ने खाने व्यवस्था मिलाउनु पर्ने थियो । जुन सम्भब भएन ।’

उनले थपे, ‘जोर्डन सरकारबाटै भारत र नेपालको नामै तोकेर क्वारेन्टाइन अवधि बढाएको सुचना प्राप्त गर्नु अघि प्रतियोगिता भन्दा दुई दिन अगाडि प्रस्थान गर्न प्लेनको टिकटसमेत काटिसकेका थियौं । खर्च विवरणका लागि राखेप र सरकारसँग पनि छलफल गरिसकेका थियौ । नेपाल ओलम्पिक कमिटी र जोर्डन तेक्वान्दो संघलाई पनि पहल गरिदिन पत्राचार गरेका थियौं । तर कोरोना महामारीका कारण सफल हुन सकेनौं ।’

संघका अध्यक्ष राणाले अब वाइल्ड कार्डका लागि जोड दिने बताए । उनले वाइल्ड कार्डका लागि ओलम्पिक कमिटिसँग पहल गरिरहेको जानकारी दिए ।
छनोट प्रतियोगिता नसकिएकाले कसलाई वाइल्ड कार्ड दिने भन्ने अहिलेनै टुङ्गो नलागेको उनले जानकारी दिए । छनोट प्रतियोगितापछि मात्रै वाइल्ड कार्डको टुङ्गो छ ।

नेपालबाट टोकियो ओलम्पिकमा पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सका गोपीचन्द्र पार्कीको मात्र सहभागिता मात्रै अहिलेसम्म निश्चित भएको छ । पौडी र एथलेटिक्स दुवै खेलको अनिवार्य सहभागिता रहेकाले नेपालबाट दुई खेलका खेलाडीको टुङ्गो लागेको छ । त्यसबाहेक अन्य खेलका खेलाडी वाइल्ड कार्डको पर्खाइमा छन् ।

जुलाई २३ देखि अगस्ट ८ सम्म जापानमा हुने ग्रीष्मकालीन ओलम्पिकका लागि हालसम्म सुटिङ, बक्सिङ, जुडो र भारोत्तोलनले मात्रा ओलाम्पिक छनोट खेल खेलेका छन् ।

आर्चरीले जुन १८ मा फ्रान्सको पेरिसमा ओलम्पिक छनोट खेल्ने तय छ । बन्दाबन्दीको अवस्था यथावत रहेमा सहभागिता जनाउने सम्भावना न्युन रहने नेपाल आर्चरी संघका अध्यक्ष दीपक राज गुरुङ बताउछन् ।

उनले अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण पर्ख र हेरको स्थितीमा आफुहरु रहेको बताए ।

‘सहभागी हुुने प्रयास गरिरहेका छौ । ओलम्पिक कमिटी र राखेपसँग पनि छलफल गरिरहेका छौं । तर अवस्था यस्तै रहे भन्न सकिने अवस्था छैन । फ्रान्समा एक साता क्वारेन्टाइनमा बस्नु पर्ने भनेको छ । तर दोस्रो लहरको कोरोनाका कारण अन्तिम अवस्थासम्म क्वारेन्टाइन प्रोटोकल परिवर्तन पनि हुन सक्छ ।’ संघका अध्यक्ष गुरुङले भने, ‘मेको अन्तिमसम्म हेर्छौ, त्यसपछि मात्रै केही निर्णय गर्न सक्छौ ।’

आर्चरीका ज्ञानु अवाले र तिलक पुन मगर ओलम्पिक छनोटको तयारीमा छन् । यतिबेला आर्चरीले पोखरामा ओलम्पिक छनोटको तयारी गरिरहेको छ ।

ओलम्पिकमा वाइल्ड कार्डमार्फत विश्व भरबाट सुटिङ र जुडोका सर्वाधिक १२ पुरुष र १२ महिला खेलाडीले ओलम्पिक खेल्न पाउनेछन् । त्यस्तै जुडोमा २० जनाको कोटा छुट्याइएको छ भने भारोत्तोलनमा ४ महिला र ४ पुरुष तथा बक्सिङमा ५ पुरुष ३ महिला खेलाडीले वाइल्ड कार्डबाट सहभागिता जनाउने छन् ।

तेक्वान्दो, आर्चरी र पहिलोपल्ट ओलम्पिकमा समावेश हुन लागेको कराँतेमा २ पुरुष र २ महिला खेलाडीका लागि लागि कोटा छुट्याएको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

‘फिफा द बेस्ट’मा अटाएनन् मेसी र रोनाल्डो

‘फिफा द बेस्ट’मा अटाएनन् मेसी र रोनाल्डो

‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’

‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’

एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे

एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे

पुलिस झापा महिला गोल्डकपको उपाधिनजिक

पुलिस झापा महिला गोल्डकपको उपाधिनजिक

एरोनको गोलमा विजय अपराजित

एरोनको गोलमा विजय अपराजित

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

देउरालीको पहिलो जितमा मिलनको २ गोल

देउरालीको पहिलो जितमा मिलनको २ गोल