एसियन भलिबल च्याम्पियनसिप फिलिपिन्समा हुने
आइतबार, ०२ जेठ २०७८खेलपाटी संवाददाता

काठमाडौं । २१ औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप फिलिपिन्समा हुने भएको छ ।
नेपालले समेत खेल्ने तय भएको प्रतियोगिता चीनबाट सरेर फिलिपिन्स पुगेको हो । यसअघि प्रतियोगितामा चीनमा हुने टुङ्गो लागेको थियो ।
प्रतियोगिता अगष्ट २९ देखि सेप्टेम्बर २१ सम्म सञ्चालन हुने एसियन भलिबल महासंघ (एभीसी)ले जनाएको छ ।
फिलिपिन्सले यसअघि दुई पटक प्रतियोगिताको आयोजना गरिसकेको छ । उसले सन् १९९७ र २०१७ मा प्रतियोगिताको आयोजना गरेको थियो ।
चीनले प्रतियोगिता आयोजनाबाट हात झिकेपछि फिलिपिन्सले यो अवसर पाएको हो । चीनले केही कारण देखाउँदै आयोजनाबाट हात झिकेको छ । तर एभीसीले कारण भने खुलाएको छैन ।
यस्तै, पुरुषतर्फको सिनियर भलिबल च्याम्पियनसिप भने जापानले आयोजना गर्ने भएको छ ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



